काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले आफ्नो नयाँ जर्सी सार्वजनिक गर्ने क्रममा प्रविधिको रोचक प्रयोग गरेको छ । राजधानीमा एक कार्यक्रम गर्दै टोलीले ड्रोनको माध्यमबाट जर्सी सार्वजनिक गरेको हो ।
कार्यक्रममा मार्की खेलाडी दीपेन्द्रसिंह ऐरीको नाम र नम्बर अंकित जर्सीलाई ड्रोनमार्फत कार्यक्रम हलमा प्रवेश गराइएको थियो । प्रविधिको प्रयोगमार्फत जर्सी सार्वजनिक गर्ने सुदूरपश्चिम रोयल्सको यो काइदाले सामाजिक सञ्जालमा प्रशंसा पाइरहेको छ ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपीएल हुँदैछ । लिगमा ८ टोलीको सहभागितामा रहनेछ ।