close

दराजमा आज मध्यरातिदेखि एमडब्लूसी ‘फ्ल्याश सेल’, इयरबड्समा भारी छुट

टेकपाना टेकपाना

मंसिर ४, २०८१ १८:२२

दराजमा आज मध्यरातिदेखि एमडब्लूसी ‘फ्ल्याश सेल’, इयरबड्समा भारी छुट

काठमाडौं । नेपाली एक्सेसरिज ब्रान्ड मोबाइल वर्ल्ड क्यापिटल (एमडब्लूसी) ले आज मध्यरातिदेखि 'फ्ल्याश सेल' गर्ने भएको छ । अनलाइन मार्केटप्लेस दराजबाट एमडब्लूसीले राति १२ बजेदेखि २४ घण्टासम्म 'फ्ल्याश सेल' गर्ने भएको हो ।

यस अन्तर्गत कम्पनीले हिरो एमटी ६९ र इयरपड्स प्रो एमटी ९९९ सेलमा राखेको छ । यस सेलमा ग्राहकले हिरो एमटी ६९ मात्र एक हजार ५९९ रुपैयाँ र इयरपड्स प्रो एमटी ९९९ एक हजार ९९९ रुपैयाँमा किन्न सक्नेछन् ।

सामान्य अवस्थामा यी इयरबड्सको मूल्य क्रमशः चार हजार ४९९ र छ हजार ४९९ रुपैयाँ पर्छ ।

पछिल्लो अध्यावधिक: मंसिर ४, २०८१ १८:२३