close

टेलिकमको एफटीटीएच तथा एडीएसएलको बिल भुक्तानीमा १५० रुपैयाँसम्म क्याशब्याक दिँदै नमस्ते पे

टेकपाना टेकपाना

मंसिर ६, २०८१ ११:०

टेलिकमको एफटीटीएच तथा एडीएसएलको बिल भुक्तानीमा १५० रुपैयाँसम्म क्याशब्याक दिँदै नमस्ते पे

काठमाडौं । डिजिटल वालेट नमस्ते पेले आफ्ना प्रयोगकर्ताहरूलाई नेपाल टेलिकमको बिल भुक्तानीमा क्याशब्याक अफर ल्याएको छ । कम्पनीले १५० रुपैयाँसम्मको क्याशब्याक प्राप्त गर्न सकिने गरी नयाँ अफर सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार यो अफर ४ मङ्सिर २०८१ देखि ३० माघ २०८१ सम्म मान्य हुने छ । अफर अन्तर्गत नेपाल टेलिकमका एफटीटीएच र ल्यान्डलाइन सेवाको बिल भुक्तानी गर्दा चार प्रतिशत (अधिकतम १५० रुपैयाँसम्म) क्याशब्याक प्राप्त गर्न सकिनेछ ।

नेपाल टेलिकमका सेवाहरू जस्तै रिचार्ज, ल्यान्डलाइन, एफटीटीएच र एडीएसएलको बिल भुक्तानी तथा एनसेल रिचार्ज गर्ने नमस्ते पे प्रयोगकर्ताहरूले २ प्रतिशत क्याशब्याक प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी, "फ्राइडे फ्ल्याश अफर" अन्तर्गत, प्रत्येक शुक्रबार निश्चित समय अवधिका लागि प्रयोगकर्ताहरूले टेलिकम र एनसेलको रिचार्ज गर्दा ५ प्रतिशत (अधिकतम २० रुपैयाँसम्म) क्याशब्याक प्राप्त गर्न सक्छन् । साथै, क्याशब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले कुनै प्रोमोकोड प्रयोग गर्नु पर्ने छैन । 

 

पछिल्लो अध्यावधिक: मंसिर ६, २०८१ ११:०