काठमाडौं । नेपाली युवतीहरूमाझ लोकप्रिय फेसबुक ग्रुप ‘वुमन्स रुम रिलोडेड’ (डब्लूआरआर) फेसबुकबाट हटेको छ । फेसबुकको मातृ कम्पनी मेटाले शुक्रबार साँझदेखि उक्त ग्रुप सस्पेन्ड गरेको हो ।
फेसबुकको कम्युनिटी गाइडलाइन्स उल्लंघन गरेको आशंकामा ग्रुप सस्पेन्ड गरिएको हुनसक्ने बताइएको छ । नौ वर्षदेखि सक्रिय डब्लूआरआरमा ६८ हजार बढी मेम्बर थिए ।
सन् २०१५ को १४ अप्रिलमा युवतीहरूबीच सद्भाव र रमाइलोका लागि स्थापना गरिएको यो ग्रुप १८ वर्षभन्दा माथिका युवतीहरूका लागि मात्र खुला थियो ।
मनोरञ्जनात्मक तथा सूचनामूलक विषयवस्तु आदानप्रदानसँगै यस ग्रुपले विभिन्न सामाजिक कार्यमा समेत आफ्नो सक्रियता देखाउँदै आएको थियो ।
डब्लूआरआरका एड्मिनहरूले ग्रुपलाई पुनः सक्रिय बनाउन प्रयास गरिरहेको बुझिएको छ ।