close

कसले पाउला इसेवाले दिने काठमाडौंको घर ? पर्सि बुधबार हुँदैछ विजेताको घोषणा

टेकपाना टेकपाना

मंसिर १०, २०८१ १४:५५

कसले पाउला इसेवाले दिने काठमाडौंको घर ? पर्सि बुधबार हुँदैछ विजेताको घोषणा

काठमाडौं  । ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत काठमाडौंमा घर जित्ने भाग्यशाली विजेताको घोषणा पर्सि बुधबार हुने भएको छ । कान्तिपुर टेलिभिजन, फेसबुक र युट्युबमा प्रत्यक्ष प्रसारण मार्फत घोषणा कार्यक्रमको प्रत्यक्ष प्रसारण हेर्न सकिनेछ ।

यसका साथै इसेवा मनि ट्रान्सफर र इसेवाको आधिकारिक फेसबुक पेजमा समेत सो कार्यक्रमको प्रत्यक्ष प्रसारण हुने बताइएको छ । इसेवा मनि ट्रान्सफरले डिजिटल  र सुरक्षालाई प्रोत्साहन दुई वर्ष अघि सुरु गरेको मेरो डिजिटल देश अभियानलाई निरन्तरता दिँदै काठमाडौंमा घर उपहार दिने  योजना १४ महिना अघि सार्वजनिक गरेको थियो ।

सो योजना अन्तर्गत, विदेशबाट इसेवा मनि ट्रान्सफर मार्फत इसेवा वालेटमा  पठाउने   मध्ये एक जना भाग्यशाली विजेताले काठमाडौंमा घर जित्नेछन् । यो अवधिभर, १० जना भाग्यशाली विजेताले पठाएको रकमको दोब्बर पाउनेछन् भने ४ परिवारले विशेष सरप्राइज पुरस्कार  प्राप्त गरिसकेका छन् ।

देश तथा विदेशमा रहनुभएका नेपालीहरूको अनुहारमा खुसी ल्याउने सानो प्रयास स्वरूप  ‘मेरो डिजिटल देश’ अभियान सुरु गरिएको इसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोईरालाले  बताए । 

"यसै क्रममा हामी अहिले काठमाडौंमा घर जित्ने भाग्यशाली विजेताको पर्खाइमा छौँ । यो योजनाको मुख्य उद्देश्य भनेको डिजिटल माध्यमबाट तपाईँहरूले पठाउनु भएको  माया घरसम्म पुर्‍याउनु हो,” उनले भने ।  

इसेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट इसेवा वालेट, बैंक तथा वित्तीय संस्था र आफ्ना भुक्तानी केन्द्रहरू मार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त इसेवा मनि ट्रान्सफर,  फिनटेकमा आधारित भुक्तानी सेवाहरूको माध्यमबाट सशक्त बनाउँदै आएको एफवन सफ्ट ग्रुपको भगिनी कम्पनी पनि हो ।

पछिल्लो अध्यावधिक: मंसिर १०, २०८१ १४:५५