close

रियलमीको पाँचौं सर्भिस सेन्टर दाङमा

टेकपाना टेकपाना

मंसिर १६, २०८१ १०:५९

रियलमीको पाँचौं सर्भिस सेन्टर दाङमा

काठमाडौं । प्रविधि ब्रान्ड रियलमीले दाङको न्युरोडमा सर्भिस सेन्टर खोलेको छ । यो लुम्बिनी प्रदेशमा रियलमीले खोलेको पहिलो सर्भिस सेन्टर हो । यसअघि कम्पनीले काठमाडौं, पोखरा, इटहरी र धनगढीमा सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको छ । 

यी सर्भिस सेन्टरमा प्रयोगकर्ताले मर्मत तथा मेन्टेनेन्स, डाइग्नोस्टिक्स र ट्रबलशुटिङ, वारेन्टी सेवा तथा अन्य सहायता प्राप्त गर्न सक्ने रियलमीले जनाएको छ । कम्पनीका अनुसार यी सर्भिस सेन्टरले स्मार्टफोनसम्बन्धी सबै समस्या छिटो र प्रभावकारी रूपमा समाधान गर्नेछ ।

बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म सञ्चालन हुने सर्भिस सेन्टरमा दक्ष र प्रशिक्षित प्राविधिकहरूको टोलीले रियलमीको ग्लोबल मापदण्डअनुसार उच्च–गुणस्तरको सेवा प्रदान गर्ने कम्पनीको भनाइ छ ।

कम्पनीले भविष्यमा देशभर आफ्ना सर्भिस सेन्टर विस्तार गर्दै जाने योजना रहेको बताएको छ ।

पछिल्लो अध्यावधिक: मंसिर १६, २०८१ ११:१३