काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को ट्रायल कटाएको दुई वर्ष बितिसक्दा पनि स्मार्ट लाइसेन्स नपाएको भन्दै कवि अर्जुन पराजुलीले गुनासो गरेका छन् । मंगलबार सामाजिक सञ्जालमा राखिएको एक कविता मार्फत कवि पराजुलीले लाइसेन्स नपाएको गुनासो पोखेका हुन् ।
जम्बो टोलीसहित चीन भ्रमणमा निस्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कवि पराजुलीले लाइसेन्स उपलब्ध गराइदिन अनुरोध गरेको हुन् । दुई वर्षअघि मोटरसाइकलको लाइसेन्सका लागि ट्रायल कटाइसके पनि अहिलेसम्म नपाएको उनको गुनासो छ ।
यस्तो छ उनको कविता!
"सरकार ।
तपाईं चीन गएर हामीलाई ल्याइदिनु केही पर्दैन, ल्याइदिनुहोला भन्ने आशा पनि छैन ।
दुई वर्ष भयो ड्रइभिङ लाइसनको जाँच पास गरेको,