काठमाडौं । एसुस नेपालले जेनबुक एस १४ (UX5406) सार्वजनिक गरेको छ । कम्पनीले बजारमा उपलब्ध सबैभन्दा पातलो र पोर्टेबल १४-इन्चको ल्यापटप बजारमा ल्याएको हो । यो प्रिमियम पीसीलाई पर्फर्मेन्स र विशिष्टीकरणको सम्मिश्रणको रूपमा प्रस्तुत गरिएको छ ।
भित्री र बाहिरी भागलाई पूर्ण रूपमा पुन: डिजाइन गरिएको यो ल्यापटपको च्यासिसमा एसुसको नवीनतम सेरुलियम समावेश गरिएको छ । जसले मजबुती दिनुका साथै स्क्र्याच आउनबाट समेत जोगाउँछ ।
जेनबुक एस १४ मा एआईका लागि सक्षम इन्टेल कोर अल्ट्रा ९ प्रोसेसर (सिरिज २) र इन्टेल एआरसी ग्राफिक प्रयोग गरिएको छ, जसले ४८ एनपीयू टीओपीएस (NPU TOPS) प्रदान गर्छ । शान्त किसिमको कुलिङका लागि एड्भान्स सीएनसी मिलिङ समावेश गरिएको छ । जसले गर्दा यति पातलो डिजाइनको ल्यापटपले न्यूनतम नोइजमा २८ वाट सीपीयू टीडीपी१ पर्फर्मेन्स दिन्छ ।
काममा सहजता ल्याउने हिसाबले एउटा छुट्टै डेडिकेटेड कोपाइलट कि र स्मार्ट जेस्चर सपोर्टका लागि १६:१० को विस्तारित टचप्याड उपलब्ध गराइएको छ । स्मार्ट जेस्चरको माध्यमबाट अडिओ भोलुम, स्क्रिन बाइटनेस लगायतका काम तुरुन्तै गर्न सकिन्छ ।
यसमा थ्रीके १२० हर्ज एसुस लुमिना ओलेड डिस्प्ले र चार ओटा शक्तिशाली स्पिकर सहितको अडियो सिस्टम छ । यो अडिओ सिस्टम हार्मन कार्डन सर्टिफाइड हो । जुन यति पातलो डिभाइसमा फिट हुने उल्लेखनीय इन्जिनियरिङको रूपमा मानिन्छ ।
२८८०x१८०० रेजोलुसन रहेको यसको डिस्प्ले भने नन-टच हो । जसमा १६ः१० को आस्पेक्ट रेसियो, ४०० निट्सको ब्राइटनेस, ५०० निट्सको एचडीआर पिक ब्राइटनेस, १००% डीसीआई-पी३ कलर ग्यामुट, ७० प्रतिशत न्यून खतरनाक ब्लुलाइट र ९० प्रतिशत स्क्रिन-टु-बडी रेसियो रहेको छ ।
यसले फुल-रेन्जमा मल्टी-डाइमेन्सनल डल्बी एटमस साउन्डका साथै वास्तविक इमर्सिभ र जीवन्त अडिओ-भिजुअल अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ । सुरक्षाका लागि माइक्रोसफ्ट प्लुटोन सेक्युरिटी प्रोसेसरको साथमा अथेन्टिकेसन सम्बन्धी डेटा स्टोर गर्ने विन्डोज पासकी राखिएको छ ।
ल्यापटपमा अटोमेटिक लगइन तथा लगआउट, एडप्टिभ लक र एडप्टिभ डिमिङ सहित बायोमेट्रिक सेक्युरिटी र प्राइभेसी तथा फेसियल रिकग्निसनका लागि एआईसेन्स आईआर क्यामेरा सिस्टम समावेश गरिएको छ ।
जेनबुक एस १४ मा प्रयोग गरिएका विशेष प्रकारका धातुले स्लिक डिजाइनमा समेत टिकाउपनको सुनिश्चितता गरेको छ । केवल १.१ सेन्टिमिटर पातलो यो ल्यापटपमा एड्भान्स भ्यापर-च्याम्बर कुलिङ सिस्टम सहितको हाउजिङ कम्पोेन्टहरू अटाएका छन् । ३२ जीबीसम्मको फास्ट र्याम र एक टीबीसम्मको पीसीआई (PCIe) ४.० एसएसडी रहेको यो ल्यापटपमा २८ वाटसम्मको टीडीपी छ ।
कनेक्टिभिटीको कुरा गर्नुपर्दा वाई-फाई ७ सपोर्ट गर्ने यसमा ब्लुटुथ ५.४ समावेश छ । यसका साथै यूएसबी ३.२ जेन २ टाइप-ए, थन्डरबोल्ट ४ सपोर्ट डिस्प्ले, एचडीएमआई २.१ टीएमडीएस, ३.५ एमएम कम्बो अडिओ ज्याक समेत यसमा पाउन सकिन्छ । यसमा रहेको ७२ डब्लूएच ब्याट्री चार्ज गर्न ६५ वाटको एसी एडप्टर दिइएको छ । समग्रमा ल्यापटपको तौल १.२ केजी रहेको छ ।
मूल्य र उपलब्धता
एसुस जेनबुक एस १४ (UX5406) यही ९ डिसेम्बर अर्थात् २४ मङ्सिरदेखि नेपालभर रहेका एसुसका आधिकारिक स्टोरमा उपलब्ध हुनेछ । मूल्यको विषयमा भने कम्पनीले खुलाएको छैन ।