close

आईफोन १४ प्रो म्याक्सबाट खिचिएको नेपाली फिल्म स्वदेशी ओटीटी प्लेटफर्ममा सार्वजनिक

टेकपाना टेकपाना

मंसिर २८, २०८१ १८:३

आईफोन १४ प्रो म्याक्सबाट खिचिएको नेपाली फिल्म स्वदेशी ओटीटी प्लेटफर्ममा सार्वजनिक

काठमाडौं । आईफोन १४ प्रो म्याक्सबाट खिचिएको नेपाली फिल्म ‘अ प्लेस अन्डर द सन’ ओटीटी प्लेटफर्म ‘एमएसएम भिडिओ’‌मा रिलिज भएको छ । वन स्क्वाड फिल्म्सले शुक्रबार यो फिल्म नेपाली ओटीटी प्लेटफर्ममा उपलब्ध गराएको हो ।  यसअघि यो फिल्म अमेजन प्राइमको क्यानडा र अमेरिकाको सर्भरमा उपलब्ध भइसकेको छ ।

झन्डै डेढ वर्षअघि छायाङ्कन सुरु भएको यस फिल्मको प्रिमियर करिब तीन महिनाअघि काठमाडौंमा गरिएको थियो । त्यस क्रममा यस फिल्मले राम्रै चर्चा पाएको थियो । फिल्मको ट्रेलर ओएसआर डिजिटल मार्फत युट्युबमा सार्वजनिक गरिएको थियो । 

फिल्मका निर्देशक लोप्चनले यो फिल्म नेपाली हलमा प्रदर्शन गर्ने तयारी पनि गरिरहेको जानकारी दिए। “हामीले नेपाली हलमा प्रदर्शन गर्ने प्रयास गरिरहेका छौं,” उनले भने, “सबै तयारी मिल्यो भने केही समयभित्र हलमा रिलिज हुनेछ ।” 

फिल्मको रिभ्यु पढ्न यहाँ क्लिक गर्नुहोस् । आईफोन १४ प्रोबाटै किन फिल्म खिच्नुपर्ने बाध्यता आइलाग्यो त भन्ने जिज्ञासा मेट्न यहाँ क्लिक गरी पढ्नुहोस् ।

पछिल्लो अध्यावधिक: मंसिर २८, २०८१ १८:२५