प्रत्येक शनिबार एनसेलको फ्ल्यास सेल्स, बोनसमा १० जीबीसम्म डेटा पाउन सकिने
मंसिर २८, २०८१ २१:२३
काठमाडौं । एनसेलले विशेष साप्ताहिक फ्ल्याश सेल्स अफर सञ्चालनमा ल्याएको छ । यसअन्तर्गत ग्राहकले प्रत्येक शनिबार डेटा वा भ्वाइस टकटाइम बोनस पाउन सक्ने कम्पनीले जनाएको छ । मंसिर २२ देखि सुरु भएको यो अफर १३ पुससम्म लागू हुनेछ ।
यो अफर अन्तर्गत ग्राहकले सधैं अन प्याकहरू वा अनलिमिटेड डेटा प्याकहरू खरिद गर्दा बोनस डेटा वा टकटाइम प्राप्त गर्न सक्छन् । प्याकको प्रकारअनुसार १ जीबीदेखि १० जीबी डेटा वा १० देखि १०० मिनेटसम्मको टकटाइम बोनस प्रदान गरिनेछ ।
यो अफरको फाइदा लिन ग्राहकसँग एनसेल एप हुनुपर्छ । एप नभएको खण्डमा डाउनलोड गरेर आफ्नो एनसेल नम्बर प्रयोग गरी साइन अप गर्न सकिन्छ । प्रत्येक शनिबार ग्राहकले एनसेल एपको फ्ल्याश सेल्स सेक्सनमा गएर सधैं अन वा अनलिमिटेड डेटा प्याक खरिद गर्न सक्छन् । खरिदपश्चात तुरुन्तै बोनस डेटा वा टकटाइम प्राप्त हुने कम्पनीले जनाएको छ ।
सधैं अन प्याकहरू रु. ३९९ देखि रु. ९९९ सम्म उपलब्ध छन् । उदाहरणका लागि, रु. ३९९ को प्याकमा ८ जीबी डेटा, ३९९ मिनेट टकटाइम र ३९ ओटा एसएमएससँगै १ जीबी बोनस डेटा प्राप्त गर्न सकिन्छ । यस्तै, रु. १२५ को तीन दिनको अनलिमिटेड डेटा प्याक खरिद गर्दा २० मिनेट अननेट टकटाइम बोनस उपलब्ध हुनेछ ।
एनसेलले यो अफर ग्राहकलाई बिना अतिरिक्त शुल्क थप सेवा प्रदान गर्न र डिजिटल बन्न प्रेरित गर्नका लागि ल्याएको जनाएको छ । सधैं अन प्याकका ग्राहकहरूले आफ्नो बाँकी डेटा भ्वाइसमा वा बाँकी भ्वाइस डेटासँग साट्न सक्ने सुविधा पनि पाउँछन् ।
|
प्रोडक्ट |
डेटा |
टकटाइम |
एसएमएस |
शुल्क |
बोनस |
समयसीमा |
|
सधैं अन ३९९ |
८ जीबी |
३९९ |
३९ |
३९९ |
१ जीबी |
२८ दिन |
|
सधैं अन ४९९ |
१२ जीबी |
४९९ |
४९ |
४९९ |
२ जीबी |
|
|
सधैं अन ५९९ |
२० जीबी |
५९९ |
५९ |
५९९ |
३ जीबी |
|
|
सधैं अन ७९९ |
३० जीबी |
अनलिमिटेड |
७९ |
७९९ |
५ जीबी |
|
|
सधैं अन ९९९ |
५० जीबी |
अनलिमिटेड |
९९ |
९९९ |
१० जीबी |
*शीर्षक परिवर्तन गरिएको छ ।
पछिल्लो अध्यावधिक: मंसिर २८, २०८१ २१:४०
