काठमाडौं । रियलमीले नेपाली बजारमा ‘रियलमी सी६३’ को ४+६४ जीबी भेरियन्ट सार्वजनिक गरेको छ । सस्तो मूल्यमा राम्रा फिचर भएको फोन किन्न चाहनेका लागि लक्षित गर्दै यो भेरियन्ट उपलब्ध गराएको कम्पनीले जनाएको छ ।
यो फोनमा ६.७४ इन्चको एचडी डिस्प्ले, ९० हर्जको रिफ्रेस रेट, ५० मेगापिक्सेल एआई क्यामरा लगायतका सुविधा छन् । कम्पनीका अनुसार फास्ट चार्जिङको आवश्यकता र शक्तिशाली ब्याट्रीलाई ध्यानमा राखेर रियलमी सी६३ डिजाइन गरिएको हो ।
फोनमा ४५ वाटको सुपरभोक चार्जिङ सिस्टम सहित ५००० एमएएचको ब्याट्री छ । कम्पनीका अनुसार १ मिनेट चार्ज गर्दा फोनमा एक घण्टासम्म कुरा गर्न सकिन्छ । साथै, यो स्मार्टफोनमा ३८ दिनको स्ट्यान्डबाइ टाइम रहेको छ ।
स्मार्टफोनमा वन-माइक नोइज क्यान्सलेशन, अल्ट्रा बुम स्पिकर र म्याजिक ग्लोइङ डिजाइन जस्ता सुविधा पनि उपलब्ध छन् । यसमा एआई बुस्ट प्रविधि छ, जसले गेमिङ र मल्टिटास्किङको अनुभवलाई प्रभावकारी बनाउने कम्पनीको भनाइ छ । स्मार्टफोनले ४८ महिनाको फ्लुएन्सी सर्टिफिकेसन पनि पाएको छ, जसले चार वर्षसम्म बिना कुनै रोकावट र ल्याग-फ्री प्रदर्शन सुनिश्चित गर्ने बताइएको छ ।