काठमाडौं । डिजिटल वालेट आईएमई पेले आईएलट्स (IELTS) टेस्टको शुल्क भुक्तानीमा फ्ल्याट रु. २००० क्यासब्याक उपलब्ध गराउने योजना ल्याएको छ । कम्पनीले पुस ५ सम्मका लागि यो अफर ल्याएको हो ।
पहिले सार्वजनिक गरिएको रु. १००० छुट सुविधा पनि निरन्तर लागू हुने कम्पनीले जनाएको छ । यो सुविधा आईएलट्सको एकेडेमिक टेस्ट, जेनेरल ट्रेनिङ टेस्ट, आईएलट्स यूकेभीआईका एकेडेमिक र जेनेरल ट्रेनिङ टेस्ट, साथै लाइफ स्किल्स ए१/ए२ र बी१ को शुल्क भुक्तानीका लागि उपलब्ध हुनेछ ।
आईएलट्स टेस्टको मिति बुक गर्न र शुल्क भुक्तानी गर्न, प्रयोगकर्ताहरूले आईएमई पे एपको होमपेजमा रहेको "ह्वाट्स निउ" खण्डमा "आईएलट्स टेस्ट बुकिङ" मा गएर आवश्यक विवरण भर्नुपर्नेछ ।