close

भ्रामक टाइटल र थम्बनेल सहित युट्युबमा भिडिओ राखे अब स्वतः डिलिट हुने

टेकपाना टेकपाना

पुस ६, २०८१ १६:११

भ्रामक टाइटल र थम्बनेल सहित युट्युबमा भिडिओ राखे अब स्वतः डिलिट हुने

काठमाडौं । युट्युबले अब क्लिकबेट विरुद्ध कडा कदम चाल्ने भएको छ । थम्बनेल र टाइटल एउटा, अनि भिडिओको कन्टेन्ट अर्को बनाउने क्रिएटरलाई निरुत्साहित गर्न कम्पनीले विशेष रणनीति अपनाउने भएको हो ।

भर्जसँग कुरा गर्दै युट्युबका प्रवक्ता ज्याक मेलनले विभिन्न देशमा यो फिचर परीक्षण गरिसकेको बताएका छन् । उनका अनुसार यो फिचर सबैभन्दा पहिले भारतमा सुरु हुँदैछ । यसरी क्लिकबेट भिडिओलाई निरुत्साहित गर्दा दर्शकहरू भ्रामक तथा गलत सूचनाबाट जोगिने कम्पनीको विश्वास छ ।

विशेषगरी ब्रेकिङ न्युज र समसामयिक घटनाका विषयमा क्रिएटरहरूले क्लिकबेट टाइटल र थम्बनेल राख्छन् ।

कम्पनीले यसको एउटा उदाहरण पनि प्रस्तुत गरेको छ । खासगरी नयाँ फिल्म रिलिज भएको समयमा अडियन्सलाई झुक्याउन केही क्रिएटरले फिल्मको थम्बनेल र टाइटल राख्छन् । तर भित्र त्यो सम्बन्धी कुनै पनि विषय उल्लेख हुँदैन । कतिपय म्युजिक भिडिओको सन्दर्भमा पनि क्लिकबेट प्रयोग भइरहेको हुन्छ । 

युट्यबले यसको एउटा उदाहरण प्रस्तुत गरेको छ, जसमा राष्ट्रपतिले राजीनामा दिएको भन्ने टाइटल छ । तर भित्र समाचारमा केही पनि विषय उल्लेख छैन । यो फिचर भारतमा सुरु भइसकेपछि युट्युबले क्रमशः अन्य क्षेत्रतिर पनि विस्तार गर्दै जाने जनाएको छ । ज्ञानवर्द्धक भिडिओलाई प्रवर्द्धन गर्ने र क्लिकबेट भिडिओलाई उत्साहित गर्दै लैजाने रणनीति अनुसार यसलाई अघि सारिएको युट्युबको भनाइ छ ।

पछिल्लो अध्यावधिक: पुस ६, २०८१ १६:२३