close

नेपालका स्थानीय निकायको वेबसाइट ह्याक: चिनियाँ इकमर्स प्लेटफर्मको विज्ञापनको प्रचार हुँदै

टेकपाना टेकपाना

पुस ७, २०८१ २१:५२

नेपालका स्थानीय निकायको वेबसाइट ह्याक: चिनियाँ इकमर्स प्लेटफर्मको विज्ञापनको प्रचार हुँदै

काठमाडौं । देशभरका अधिकांश स्थानीय निकायहरूको वेबसाइट एकसाथ ह्याक भएका छन् । आइतबार बेलुकादेखि वेबसाइटहरू चिनियाँ ह्याकरको नियन्त्रणमा रहेको पाइएको हो ।  

ह्याक भएका वेबसाइटमा चिनियाँ ईकमर्स प्लेटफर्महरूका विज्ञापन देखिन थालेका छन् । वेबसाइट ह्याकरको नियन्त्रणमा पुगेपछि केही स्थानीय निकायले उक्त कन्टेन्ट हटाई वेबसाइट 'यस वेबसाइटको मर्मत कार्य जारी छ । हामी एकछिन पछि फर्कने छौं ।' जानकारी राखेका छन् ।

ह्याक भएका वेबसाइटमा चिनियाँ ईकमर्सको विज्ञापन देखिए पनि यसका पछाडि कसको हात छ भन्ने खुलिसकेको छैन । अधिकांश स्थानीय तहले सूचना प्रविधि विभागको एउटै टेम्प्लेट प्रयोग गर्ने भएकाले त्यसको सर्भर अथवा सरकारको एकीकृत डेटा सेन्टरमै ह्याकरले पहुँच बनाएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ  ।

स्थानीय निकायहरूले दिउँसो नै एडमिन प्यानल नखुल्ने समस्याको सामना गरिरहेका थिए । उनीहरूकोमा लास्ट वार्निङ भनेर इमेल नै आएको थियो। सो इमेलमा पासवर्ड र युजरनेम पठाइएको जनाइएको छ ।

यस्तो छ ह्याकरको वार्निङ दिएको ईमेल!          

दुर्भाग्यवश, तपाईंका लागि केही नराम्रो समाचार छ ।

केही महिनाअघि मैले तपाईंले इन्टरनेट ब्राउज गर्न प्रयोग गरेका डिभाइसमा पहुँच प्राप्त गरेको थिएँ । त्यसपछि मैले तपाईंको इन्टरनेट गतिविधिहरूलाई ट्र्याक गर्न सुरु गरेँ ।

तल ती घटनाहरूको क्रमबद्ध विवरण छ:
केही समयअघि, मैले इन्टरनेटमा उपलब्ध हुने विधिहरू प्रयोग गर्दै धेरै ईमेल अकाउन्ट ह्याकरबाट खरिद गरेको थिएँ ।

स्पष्ट रूपमा, मैले सजिलै तपाईंको ईमेल अकाउन्ट (.....gov.np) मा लग इन गर्न सफल भएँ ।

मैले यो ईमेल ह्याक गरेको प्रमाण यहाँ छ: तपाईंको ईमेलको पासवर्ड मैले पहुँच पाउँदा यस्तो थियो: @Kshitiz9858077735

त्यसको एक हप्ता पछि, मैले तपाईंको ईमेल पहुँच गर्न प्रयोग गरिएका सबै डिभाइसको अपरेटिङ सिस्टममा ट्रोजन भाइरस स्थापना गर्न सकेँ 

 

पछिल्लो अध्यावधिक: पुस ७, २०८१ २२:६