close

हात्तीसारमा ह्वावेको प्रदर्शनी केन्द्र, प्रविधिका पछिल्ला ट्रेन्ड र अभ्यास हेर्न मिल्ने

टेकपाना टेकपाना

पुस ८, २०८१ १०:३३

हात्तीसारमा ह्वावेको प्रदर्शनी केन्द्र, प्रविधिका पछिल्ला ट्रेन्ड र अभ्यास हेर्न मिल्ने

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले काठमाडौंको हात्तीसारमा ह्वावे नेपाल प्रदर्शनी केन्द्र सञ्चालनमा ल्याएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले आइतबार प्रदर्शनी केन्द्रको उद्घाटन गरेका हुन् ।

सूचना तथा सञ्चार प्रविधि (ICT) क्षेत्रमा पछिल्ला ट्रेन्ड र अभ्यासहरूलाई प्रदर्शित गर्ने यो एक महत्वपूर्ण केन्द्रको रूपमा रहने बताइएको छ । प्रदर्शनी केन्द्रको उद्घाटन नेपालको डिजिटल भविष्यलाई समर्थन गर्ने र प्राविधिक लिडरहरूको नयाँ पुस्ताका लागि प्लेटफर्म उपलब्ध गराउने कम्पनीको निरन्तर प्रतिबद्धताको प्रमाण भएको बताइएको छ ।

उद्घाटन समारोहपछि ह्वावेको प्रमुख सामाजिक पहल 'सिड्स फर दि फ्युचर २०२४' को समापन समारोह समेत आयोजना गरिएको थियो । जसको उद्देश्य नेपालका युवाहरूलाई आईसीटी शिक्षा र नवप्रवर्तन मार्फत सशक्त बनाउनु हो ।

नेपालमा ह्वावेले आफ्नो उपस्थिति जनाएको पनि २५ वर्ष पूरा भएको छ । कम्पनीले नेपालमा टेलिकम पूर्वाधारको सुधारदेखि आईसीटी सोलुसनमा नवप्रवर्तनलाई प्रोत्साहन गर्नेसम्मका कार्यहरू गर्दै आइरहेको छ ।

 

 

 

 

पछिल्लो अध्यावधिक: पुस ८, २०८१ १०:३३