close

अटोमोबाइल तथा मेकानिकल इन्जिनियरिङ र आईटीको तालिम दिन गोल्छा समूहले ल्यायो नयाँ कार्यक्रम

टेकपाना टेकपाना

पुस ८, २०८१ १८:३७

अटोमोबाइल तथा मेकानिकल इन्जिनियरिङ र आईटीको तालिम दिन गोल्छा समूहले ल्यायो नयाँ कार्यक्रम

काठमाडौं । नेपालको प्रविधि जनशक्तिलाई सुदृढ पार्ने उद्देश्यका साथ गोल्छा समूहले अप्रेन्टशशिप कार्यक्रम सुरु गर्ने भएको छ । समूहले इन्ह्यान्स्ड स्किल्स फर सस्टिनेबल एन्ड रिवार्डिङ इम्प्लोयमेन्ट (ENSSURE) परियोजनासँगको साझेदारीमा यो कार्यक्रम थाल्ने भएको हो ।

यस कार्यक्रमले यस कार्यक्रमले शिक्षण र रोजगारी बिचको खाडल पुर्दै युवाहरूलाई बजार सुहाउँदा प्राविधिक सीपयुक्त बनाउने बताइएको छ । यसका लागि सैद्धान्तिक शिक्षालाई व्यावहारिक, अन-द-जब प्रशिक्षणसँग एकीकृत गरी डुअल भेट-अप्रेन्टशशिप मोडेल प्रयोग गरिनेछ।

यो साझेदारी युवा पेसाकर्मीलाई अटोमोबाइल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ र सूचना प्रविधि जस्ता उच्च माग भएका क्षेत्रहरूमा महत्त्वपूर्ण सीपहरू प्रदान गर्ने कुरामा केन्द्रित छ। कार्यक्रम अन्तर्गत कर्मचारीहरूका लागि सीप अपग्रेडिङ तालिम प्रदान गरिनेछ ।

अप्रेन्टशशिप पूरा गरेपछि प्रशिक्षार्थीहरूले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट प्रि-डिप्लोमा प्रमाणपत्र समेत प्राप्त गर्नेछन् । यो डुअल भेट मोडेलले सबै सरोकारवालाहरूलाई फाइदा पुर्‍याउने अपेक्षा राखिएको छ ।

गोल्छा समूहका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले प्रतिस्पर्धी रोजगार बजारका लागि नेपाली युवाहरूलाई सशक्त बनाउन यो कार्यक्रम महत्त्वपूर्ण हुने बताए । इनस्योरका टोली प्रमुख रवीन्द्रबहादुर सिंहले सीपको कमीलाई पूर्ति गर्न र आर्थिक वृद्धिलाई अगाडि बढाउन यो साझेदारीले योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । 

 

पछिल्लो अध्यावधिक: पुस ८, २०८१ १८:३७