close

म्याकबुक र आईप्याडमा जस्तै एप्पलले अब आईफोन १७ एयर ल्याउने, कस्तो होला डिजाइन ?

टेकपाना टेकपाना

पुस २९, २०८१ ११:१९

म्याकबुक र आईप्याडमा जस्तै एप्पलले अब आईफोन १७ एयर ल्याउने, कस्तो होला डिजाइन ?

काठमाडौं । एप्पलले आईफोनको नयाँ संस्करणमा आईफोन १७ एयर नामक नयाँ मोडेल थप्ने भएको छ । ब्लुमबर्गका पत्रकार मार्क गुरम्यानले ब्लगमार्फत यस्तो खुलासा गरेका हुन् । 

एप्पलले म्याकबुक र आईप्याडमा ‘एयर’ मोडेल ल्याएर सफलता पाएको थियो । त्यसैले आईफोनमा पनि यो मोडल ल्याउनु स्वाभाविक भएको विज्ञहरूले बताएका छन् । यो आईफोन प्लस वा मिनीभन्दा धेरै आकर्षक हुन सक्ने अनुमान गरिएको छ ।

गुरम्यानका अनुसार आईफोन १७ एयरमा एप्पलले बनाएको पहिलो मोडेम प्रयोग हुनेछ । यो मोडेम नयाँ आउने एप्पलको सस्तो मोडेलको आईफोन एसईमा पनि प्रयोग हुने बताइएको छ । यो फोन अहिलेसम्मकै सबैभन्दा पातलो हुने बताइएको छ । लिकरहरूले यो फोन अहिलेको आईफोनभन्दा २ मिलिमिटर पातलो हुनेछ । 

आईफोनको यो नयाँ मोडेललाई एप्पलले सन् २०२६ वा त्यसपछि ल्याउने भनिएको फोल्डेबल आईफोन र आईप्याडको विकाससँग जोडेर हेर्न थालिएको छ ।  गुरम्यानले सन् २०२५ मा स्मार्ट होम हब जस्ता अन्य एप्पलका उत्पादन पनि सार्वजनिक हुने बताएका छन् । तर यस सूचीमा एप्पलको मिक्स रियालिटी हेडसेट भिजन प्रोको नयाँ भर्सन अटाएको छैन ।

पछिल्लो अध्यावधिक: पुस २९, २०८१ ११:२०