close

भ्यालेन्टाइन डेमा एनसेल ग्राहकलाई डेटा प्याकमा बोनस, सनग्लास जित्ने मौका

टेकपाना टेकपाना

फागुन २, २०८१ १२:४२

भ्यालेन्टाइन डेमा एनसेल ग्राहकलाई डेटा प्याकमा बोनस, सनग्लास जित्ने मौका

 

काठमाडौं । एनसेलले भ्यालेन्टाइन्स डे अर्थात् प्रणय दिवसको अवसरमा नयाँ अफर ल्याएको छ । न्यूम्यूसँगको सहकार्यमा एनसेलले ‘भ्यालेन्टाइन डे फ्ल्यास सेल’ अफर घोषणा गरेको हो । यसअन्तर्गत डेटा प्याक किन्दा बोनस डेटा पाइनेछ भने २५ जना भाग्यशाली ग्राहकले न्यूम्यूको सनग्लास जित्ने मौका पाउनेछन् ।

यो फ्ल्यास सेल एनसेल एपमा मात्र उपलब्ध छ । आज अर्थात् फेब्रुअरी १४ तारिखका दिन एनसेल एपमा उपलब्ध कुनै पनि डेटा प्याक खरिद गर्ने ग्राहकले प्याक अनुसार १ जीबी देखि ३० जीबी सम्म बोनस डेटा र ५० मिनेट अन-नेट टक टाइम पाउनेछन् । यसका साथै, सबै ग्राहकले मार्च ८ सम्म न्यूम्यूका उत्पादनमा २० प्रतिशत छुटको लाभ लिन सक्नेछन् ।

अफरको लाभ लिन ग्राहकले आफ्नो मोबाइलमा एनसेल एप डाउनलोड गर्नुपर्नेछ । यसपछि आफ्नो एनसेल नम्बर प्रयोग गरेर लगइन वा साइन अप गर्न सकिन्छ ।

भ्यालेन्टाइन्स डेको दिन ग्राहकले एनसेल एपको फ्ल्यास सेलमा गएर आफ्नो आवश्यकता अनुसारको डेटा प्याक खरिद गर्न सक्नेछन् । जसमा एक दिनको अनलिमिटेड डेटा देखि ३० दिनसम्मको समयसीमा भएका प्याक हरू उपलब्ध छन् । उदाहरणको लागि, १ दिनको अनलिमिटेड डेटा प्याकमा ग्राहकले बोनसको रुपमा ५० मिनेट अन-नेट टक टाइम पाउँछन् भने १५० रुपैयाँको ७ जीबी डेटा प्याकमा थप २ जीबी बोनस डेटा पाइन्छ । त्यस्तै, ५९९ रुपैयाँ पर्ने २८ दिनको ४२ जीबी डेटा प्याकमा थप ५ जीबी बोनस डेटा पाइन्छ ।

यो फ्ल्यास सेल अन्तर्गत ५९९ देखि १४९९ रुपैयाँ सम्मका प्याक हरूमा ग्राहक हरूले ५ जीबी देखि ३० जीबी सम्म बोनस डेटा पाउँछन् । यसले ग्राहक हरूलाई अनलाइन पहुँचको भरपुर फाइदा लिन र आफ्ना प्रियजन हरूसँग सम्पर्कमा रहन मद्दत गर्नेछ ।

एनसेलले यो भ्यालेन्टाइन डे विशेष अफरले ग्राहक हरूलाई सुलभ शुल्कमा डेटाको सुविधा दिने र आफ्ना प्रियजन हरूसँग सम्पर्कमा रहन महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएको छ । यसका साथै, ग्राहकहरूले प्रत्येक शनिबार एनसेल एपको फ्ल्यास सेल सेक्सनमा गएर उपलब्ध प्याकहरू लिई बोनस डेटा र टक टाइमको फाइदा लिन सक्नेछन् ।

पछिल्लो अध्यावधिक: फागुन २, २०८१ १२:४२