काठमाडौं । एनसेलको भ्वाइस ओभर वाईफाई (भोवाईफाई) सेवा एक्टिभेट गरेर मोबाइल नेटवर्क कमजोर भएका स्थानहरूमा पनि सहजै कल तथा एसएमएस गर्न सकिने भएको छ । हालै कम्पनीले यो सेवा सार्वजनिक गरेको हो । पहिलो चरणमा आईफोन प्रयोगकर्ताहरूका लागि यो सेवा चलाउन पाउनेछन् । यसअन्तर्गत आईफोन ८ वा सोपछि आएका मोडेलहरूमा यो सेवा प्रयोग गर्न सकिन्छ ।
यसका लागि तलको टिप्स अपनाउनुहोस् ।
१. भोल्टे (VoLTE) सेवा सक्रिय गर्नुहोस्
-भोवाईफाई चलाउन सबैभन्दा पहिले आईफोनमा भोल्टे सेवा सेवा सक्रिय हुनुपर्छ ।
-त्यसका लागि ‘सेटिङ्स’ भई → Mobile Data → Mobile Data Options → Voice & Data → VoLTE On छान्नुहोस् ।
३. अब भोवाईफाई सेवा एक्टिभेट गर्नुहोस्
Settings खोल्नुहोस् ।
Phone मा जानुहोस् ।
Wi-Fi Calling मा क्लिक गर्नुहोस् ।
Wi-Fi Calling on This iPhone अप्सन इनेबल गर्नुहोस् ।
३. एनसेल एप डाउनलोड गरी सेवा सक्रिय गर्नुहोस्
एनसेल एप डाउनलोड गरी लगइन गर्नुहोस् ।
एपमा उपलब्ध VoWiFi Activation विकल्प छानेर सेवा एक्टिभेट गर्नुहोस् ।
४. स्थिर वाईफाई नेटवर्क प्रयोग गर्नुहोस्
भोवाईफाई सेवा प्रयोग गर्न स्थिर तथा भरपर्दो वाईफाई कनेक्सन चाहिन्छ ।
मोबाइल हटस्पटमा पनि यो सेवा चल्छ, तर कनेक्सन स्थिर हुनुपर्छ ।
५. कल वा एसएमएस पठाउने तरीका
सामान्य फोन कल गर्नेजस्तै डायलर खोल्नुहोस् र नम्बर डायल गर्नुहोस् ।
एसएमएस पठाउन म्यासेज एप खोल्नुहोस् र नियमित रूपमा पठाउनुहोस् ।
६. सेवा सफलतापूर्वक सक्रिय भए/नभएको जाँच गर्ने तरिका
सेवा सक्रिय भएमा आईफोनको स्टाटस बारमा ‘Wi-Fi’ लेखिएको संकेत देखिन्छ ।
यदि देखिएन भने मोबाइल रिस्टार्ट गरेर पुनः जाँच गर्नुहोस् ।
थाहा पाउनुपर्ने अन्य कुरा
एनसेलको भोवाईफाई सेवा मोबाइल नेटवर्क कमजोर भएका स्थानहरूमा वाईफाई इन्टरनेटको माध्यमबाट स्पष्ट एचडी भ्वाइस कल र एसएमएस गर्न सहयोगी प्रविधि हो । यो सेवा प्रयोग गर्दा अतिरिक्त शुल्क लाग्दैन । अर्थात् भ्वाइस वा एसएमएसको खर्च तपाईँको रहेको प्लानअनुसार नै हुन्छ ।
यद्यपि, यो सेवा अन्तर्राष्ट्रिय रोमिङका लागि उपलब्ध छैन । यसकारण विदेशमा यो सेवा प्रयोग गर्न सकिँदैन । हाल यो सेवा आईफोनका लागि उपलब्ध भए पनि चाँडै नै सामसङ, साओमी, ओपो, भिभो लगायतका अन्य ब्रान्डमा पनि विस्तार गर्ने एनसेलको योजना छ ।