close

फोनलोन नतिर्ने ७४ जनाको नाम सार्वजनिक

टेकपाना टेकपाना

फागुन १५, २०८१ १०:५५

फोनलोन नतिर्ने ७४ जनाको नाम सार्वजनिक

काठमाडौं । पछिल्लो समय नेपालका विभिन्न बैंकहरूले ‘फोनलोन’ योजना सञ्चालन गर्दै आएका छन् । यस योजना अन्तर्गत ग्राहकले बिना धितो र बैंक नगई डिजिटल रूपमा ऋण लिन सक्छन् । तर, ऋण लिएर समयमा फिर्ता नगर्ने प्रवृत्ति बढ्दै जाँदा बैंकहरू समस्यामा पर्न थालेका छन् ।

यसैक्रममा, नबिल बैंकले फोनलोन लिएका ७४ जना ग्राहकले ऋण नतिरेको भन्दै उनीहरूको नाम सार्वजनिक गरेको छ । बैंकले विशेष गरी नियमित तलब आउने ग्राहकहरूलाई बैंकको पेरोल प्रणालीमार्फत् दुई लाख रुपैयाँसम्मको बिना धितो ऋण दिने सुविधा दिँदै आएको थियो ।

तर, केही ग्राहकले ऋण लिएको लामो समयसम्म पनि तिर्न नआएपछि बैंकले उनीहरूको नाम सार्वजनिक गर्दै ३५ दिनभित्र ऋण चुक्ता गर्न आग्रह गरेको छ । अन्यथा, कानुनी प्रक्रिया अघि बढाइने बैंकको चेतावनी छ ।

नेपालमा डिजिटल ऋण प्रविधि विस्तार भइरहे पनि समयमै ऋण तिर्ने संस्कृतिको अभावले बैंकहरूलाई समस्या हुन थालेको विश्लेषण गरिएको छ ।

पछिल्लो अध्यावधिक: फागुन १५, २०८१ ११:२