close

धुम्बाराहीमा चार्ज गरिरहेको बिजुली बसमा आगो लाग्यो

टेकपाना टेकपाना

फागुन २२, २०८१ १४:३६

धुम्बाराहीमा चार्ज गरिरहेको बिजुली बसमा आगो लाग्यो

काठमाडौं । काठमाडौंको धुम्बाराहीमा चार्ज गरिरहेको बिजुली बसमा आगो लागेको छ । बुधबार राति करिब सवा ११ बजेतिर धुम्बाराहीको टोयोटा पार्कको पछाडि रहेको सुन्दर चार्जिङ स्टेसनमा चार्ज भइरहेको बसमा आगलागी भएको हो ।

चक्रपथ परिक्रमा गर्ने रुटमा चल्ने सुन्दर यातायातको बस मर्मतका लागि चार्जिङ स्टेसनमा राखिएको थियो । प्र-३-०१-००५ ख ९६३९ नं. को बसमा चार्ज गरिरहेका बेला आगो लागेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले जानकारी दिए ।

अचानक आगो लागेपछि तुरुन्तै दुई ओटा दमकल र प्रहरी टोली घटनास्थल पुगेर आगो नियन्त्रणमा लिएको बोहोराले बताए । उनका अनुसार करिब एक घण्टापछि आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो ।

आगलागीबाट बसमा आंशिक क्षति पुगेको छ । “गाडीको प्राविधिक टोलीले अहिले जाँच गरिरहेको छ । घटनाको थप अनुसन्धान जारी रहेको छ,” बोहोराले टेकपानासँग भने ।

पछिल्लो अध्यावधिक: फागुन २२, २०८१ १४:४३