close

आईआईएमएस २०२५ मा नेटा एक्सले पायो 'सबैभन्दा किफायती क्रसओभर ईभी'को अवार्ड

टेकपाना टेकपाना

फागुन २६, २०८१ १९:४०

आईआईएमएस २०२५ मा नेटा एक्सले पायो 'सबैभन्दा किफायती क्रसओभर ईभी'को अवार्ड

काठमाडौं । इन्डोनेसिया अन्तर्राष्ट्रिय मोटर शो (आईआईएमएस) २०२५ मा "सबैभन्दा किफायती क्रसओभर ईभी"को अवार्ड जित्न सफल भएको छ । फेब्रुअरी १३ देखि २३ सम्म जकार्ताको जेआईएक्स्पो केमायोरनमा आयोजित प्रदर्शनीमा नेटा भी र नेटा एक्सका लागि ३२८ बुकिङ सुरक्षित गर्दै कम्पनीले यो अवार्ड पाएको हो ।

नेपालमा पनि लोकप्रियता कमाइरहेको नेटा एक्स गएको नाडा अटो शोमा प्रदर्शनमा राखिएको थियो । दुई फरक रेन्जका विकल्पमा उपलब्ध यो इलेक्ट्रिक एसयूभीले ४०० किमी र ५०० किमी सम्मको ड्राइभिङ रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।

कम्फर्ट भेरियन्टमा ५२ किलोवाट आवर र कम्फर्ट लङ रेन्ज तथा लक्जरी भेरियन्टमा ६२ किलोवाट आवर क्षमताको लिथियम ब्याट्री रहेको छ । कम्पनीले यो ईभीको ब्याट्री र मोटरमा ८ वर्ष तथा १,५०,००० किमी वारेन्टी दिएको छ ।
मोटरको कुरा गर्नु पर्दा यसमा १०० किलोवाटको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर राखिएको छ । जसले १३५ पीएस पावर तथा २१० एनएम टर्क प्रदान गर्छ ।

नेपालका लागि नेटाको आधिकारिक वितरकमा सीजी मोटर्स रहेको छ । जसले २२ भन्दा बढी स्थानमा सेवा तथा बिक्री नेटवर्क विस्तार गर्नुका साथै नेपालभर २४० भन्दा धेरै चार्जिङ स्टेसन तयार पारेको छ । यसबाट नेटा एक्स प्रयोगकर्ताहरूले सहज रूपमा लामो दुरीको यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ । 

 

पछिल्लो अध्यावधिक: फागुन २६, २०८१ १९:४०