close

यी हुन् नेपालका शीर्ष १० आईएसपी, धेरै ग्राहक बनाउनमा वर्ल्डलिंक अघि, गुमाउन क्लासिक टेक

टेकपाना टेकपाना

चैत ३, २०८१ १६:४०

यी हुन् नेपालका शीर्ष १० आईएसपी, धेरै ग्राहक बनाउनमा वर्ल्डलिंक अघि, गुमाउन क्लासिक टेक

काठमाडौं । देशकै सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक नयाँ ग्राहक बनाउने मामिलामा समेत सबैभन्दा अघि देखिएको छ । कम्पनीले पछिल्लो एक वर्षमा ९७ हजार ९१९ नयाँ ग्राहक बनाउँदै सबै सेवाप्रदायकलाई पछि छोडेको हो ।

वर्ल्डलिंकपछि नयाँ ग्राहक बनाउने मामिलामा दोस्रोमा नेपाल टेलिकम (५४,६२२), तेस्रोमा वेब सर्फर (५३,६३०), चौथोमा वाईफाई नेपाल (३७,४७४), पाँचौँमा सुबिसु (२०,०७३) र छैटौँमा सीजी कम्युनिकेसन्स रहेका छन् । बाँकी क्लासिक टेक, डिशहोम, भायानेट, टेकमाइन्ड्स र ब्रोडलिंक जस्ता आईएसपीहरूले भने उल्टै भएका ग्राहक समेत गुमाउनु परेको छ ।

यो मामिलामा क्लासिक टेक सबैभन्दा अघि छ । उसले पछिल्लो एक वर्षको अवधिमा एक लाख २५ हजार ७७१ ग्राहक गुमाएको छ । त्यसपछि धेरै ग्राहक गुमाउनेमा क्रशमः ब्रोडलिंक (-९७,२७८), भायानेट (-७०,९२३), टेकमाइन्ड्स (-६४,७६५) र डिशहोम (-६,८४९) रहेको छ ।

शीर्ष १० आईएसपी कम्पनीको सूचीमा यसपल्ट वाईफाई नेपाल थपिएको छ भने गत वर्षको शीर्ष १० बाट ब्रोडलिंक बाहिरिएको छ ।

 

पछिल्लो अध्यावधिक: चैत ३, २०८१ १६:४०