close

एक क्लिकमै यसरी स्तरीय बन्न सक्छ तपाईँको फोटो

टेकपाना टेकपाना

चैत ३, २०८१ १७:४३

एक क्लिकमै यसरी स्तरीय बन्न सक्छ तपाईँको फोटो

काठमाडौं । के तपाईँले कहिल्यै सोच्नुभएको छ, प्रोफेसनल फोटो किन आकर्षक देखिन्छन् ? रहस्य क्यामेरामा मात्र होइन, त्यसको कलरमा पनि लुकेको हुन्छ । एउटा सही फिल्टरको प्रयोगले तपाईँको सामान्य फोटोलाई पनि यति जीवन्त बनाउन सक्छ कि त्यो कुनै आर्ट ग्यालरीमा राख्न लायक देखिन्छ ।

कलर फिल्टर र प्रोफाइल किन प्रयोग गर्ने?

फिल्टर र प्रोफाइलले तपाईँको फोटोलाई वास्तविक दृश्य जस्तै बनाउन मद्‍दत गर्छ । उदाहरणका लागि तपाईंले आफ्नो फोटोलाई थप आकर्षक, फिक्का वा सन्तुलित देखाउन क्यामेरा प्रोफाइल परिवर्तन गर्न सक्नुहुन्छ । फोटोको कलर मिलाउनुका साथै यी एपले तपाईंको फोटोमा बेसिक एडिट गर्ने र वास्तविक जस्तो बनाइ दिन सक्छन् । 

तपाईँले आफ्नो स्मार्टफोनले खिचेको फोटोलाई सुधार्न कलर ग्रेडिङ जस्ता एप प्रयोग गर्न सक्नुहुन्छ । तर छिटो र सरल उपायको खोजीमा हुनुहुन्छ भने कलर फिल्टर र प्रोफाइल नै उत्कृष्ट समाधान हुन् । 

लाइटरुम जस्ता एपको सहायताले एक क्लिककै भरमा फोटोलाई स्तरीय बनाउन सकिन्छ । त्यस बाहेक इन्स्टाग्राम जस्तो सामाजिक सञ्जालले डिफल्ट रूपमा उपलब्ध गराउने फिल्टरले पनि फोटो स्तरीय बनाउन सकिन्छ । 

फोटोमा कलर फिल्टर र प्रोफाइल थप्ने तीन उत्कृष्ट तरिकाको बारेमा आज हामी बताउँदै छौँ । 

एडोबी लाइटरूम (Adobe Lightroom)

यदि तपाईँ रअ ‘RAW’ फाइलको फोटो एडिट गर्दै हुनुहुन्छ भने एडोबी लाइटरूम नै सबैभन्दा राम्रो विकल्प हो । यसमा रअ फोटोका लागि क्यामेरा अनुसारका प्रोफाइल हुन्छन् । जेपीईजी (JPEG) फोटो छ भने त्यसमा तपाईंले कलर र मोनोक्रोम (वा विभिन्न कलात्मक प्रोफाइल) छनौट गर्न सक्नुहुन्छ । यद्यपि रअ फोटो र जेपीईजी फोटो एडिट गर्ने तरिका एउटै छ ।

१) सबैभन्दा पहिले यहाँ क्लिक गरेर एडोबी लाइटरुम एप इन्स्टल गरेर खोल्नुहोस्, अनि साइनअप गर्नुहोस् ।

२) त्यसपछि एडिट गर्न चाहेको फोटो छान्नुहोस् । 

३) अनि त्यहाँ देखाइएका मध्ये फोटोका लागि उपयुक्त हुने फिल्टर वा प्रोफाइल छान्नुहोस । आवश्यक परेको खण्डमा फोटोको इन्टेन्सिटी (Intensity) पनि परिवर्तन गर्न सक्नुहुन्छ । 

तपाईंको स्मार्टफोनको फोटो एप

तपाईँको स्मार्टफोनमै पनि फोटो फिल्टरका थुप्रै अप्सन उपलब्ध हुन्छन् । तपाईँले फोटो एपबाटै फोटोका लागि उपयुक्त फिल्टर छान्न सक्नुहुन्छ । कहिलेकाहीँ तपाईँले यी फिल्टर फोटो खिच्नुअघि नै छनोट गर्न पनि सक्नुहुन्छ । तर अन्य अवस्थामा तपाईँले तिनीहरूलाई पछि पनि थप्न सक्नुहुन्छ । पहिले नै फिल्टर छानेर खिच्नुभन्दा रअ फोटो खिचेर पछि फिल्टर राख्दा उपयुक्त हुन्छ । 

इन्स्टाग्राम

इन्स्टाग्राममा अचम्मका फिल्टरहरू छन् । समय अनुसार इन्स्टामा उपलब्ध हुने फिल्टरको गुणस्तर स्तरीय हुँदै गएको छ । तर, तपाईँले यी फिल्टर इन्स्टाग्राममा पोस्ट गर्दा मात्र प्रयोग गर्न सक्नुहुन्छ । कलर फिल्टर र प्रोफाइल सामान्य फोटोलाई प्रोफेसनल फोटोमा बदल्ने सबैभन्दा सजिलो तरिका हो । तपाईँले कुनै थर्ड-पार्टी एप डाउनलोड नगरी कनै फिल्टर र प्रोफाइल प्रयोग गर्न सक्नुहुन्छ । 

 

पछिल्लो अध्यावधिक: चैत ३, २०८१ १७:४३