close

आईफोनको झल्को दिने आईटेल स्मार्टफोन नेपाली बजारमा, मूल्य १३ हजार रुपैयाँ

टेकपाना टेकपाना

चैत ११, २०८१ १२:५०

आईफोनको झल्को दिने आईटेल स्मार्टफोन नेपाली बजारमा, मूल्य १३ हजार रुपैयाँ

काठमाडौं । आईटेलले नेपाली बजारमा नयाँ स्मार्टफोन ‘आईटेल ए८०’ सार्वजनिक गरेको छ । ‘क्या दामी छ !’ नारासहित आएको यो फोनमा बजेट सेग्मेन्टकै उत्कृष्ट फिचर रहेको कम्पनीको दाबी छ ।

६.७ इन्चको एचडी प्लस डट इन डिस्प्ले भएको फोनमा १२० हर्ज रिफ्रेस रेट र ५०० निट्स पिक ब्राइटनेस पाउन सकिन्छ । आईपी ५४ रेटिङ भएकोले यो फोन धुलो र पानीका छिटाबाट सुरक्षित रहने कम्पनीले बताएको छ ।

क्यामेराको कुरा गर्दा, यसमा १३ मेगापिक्सलको एआई डुअल रियर क्यामेरा र सेल्फीको लागि ८ मेगापिक्सलको सेन्सर छ ।

एन्ड्रोइड १४ मा आधारित फोन युनिसक टी ६०३ प्रोसेसरबाट चल्छ । यसमा डाइनामिक आइल्याण्डको जस्तो अनुभव दिने डाइनामिक पोर्ट पनि छ, जसले फोन चार्ज गर्दा, फेस अनलक गर्दा र कल गर्दा विशेष आईफोनको जस्तो अनुभव दिन्छ । 

यसको पछाडिको भागमा रिङ लाइट पनि छ, जुन नोटिफिकेसन आउँदा बल्छ । यसबाट पनि स्तरीय फोन प्रयोग गरिरहेको अनुभव पाउन सकिन्छ । १२८ जीबी इन्टर्नल स्टोरज रहेको फोनमा र्‍याम ४ जीबी छ भने थप ४ जीबी भर्चुअल र्‍याम राख्न सकिन्छ । 

ब्याट्री ५००० एमएएच क्षमताको छ, जसले ३५ दिनसम्म स्ट्यान्डबाइ टाइम दिने दाबी गरिएको छ । कल मात्र गर्ने हो भने ३१ घण्टा, म्युजिक सुन्दा ७५ घण्टा र भिडिओ हेर्दा १८ घण्टासम्म टिक्ने बताइएको छ ।

फोनले १० वाटको चार्जिङलाई सपोर्ट गर्छ भने साइड माउन्टेड फिङ्गरप्रिन्ट सेन्सर, ब्लुटुथ ५.०, डुअल सिम जस्ता सुविधा पनि छन् ।

स्यान्डस्टोन ब्ल्याक, ग्लेशियर ह्वाइट, वेभ ब्लू गरी तीन रंगमा उपलब्ध फोनको मूल्य १२ हजार ९९० रुपैयाँ तोकिएको छ ।

कम्पनीले १२ महिनाको वारेन्टी साथै १०० दिनको रिप्लेसमेन्ट वारेन्टी प्रदान गर्ने बताएको छ । साथै नेपालभर ५० भन्दा बढी सेवा केन्द्रहरूबाट सेवा उपलब्ध गराउने जनाएको छ ।

पछिल्लो अध्यावधिक: चैत ११, २०८१ १३:२२