close

प्रोलिङ्कका यूपीएस, एभीआर, ब्याट्री बैंक र सोलार हाइब्रिड इन्भर्टर नेपाली बजारमा

टेकपाना टेकपाना

साउन ५, २०८३ १६:२

प्रोलिङ्कका यूपीएस, एभीआर, ब्याट्री बैंक र सोलार हाइब्रिड इन्भर्टर नेपाली बजारमा

काठमाडौं । प्रोलिङ्क (Prolink) ब्रान्डले आफ्ना विभिन्न मोडेलका यूपीएस तथा पावर ब्याकअप उत्पादनहरू नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि प्रोलिङ्कको आधिकारिक वितरक म्याक्स इन्टरनेसनलले यी पावर प्रोटेक्सन र ब्याकअप समाधानहरू बिक्री-वितरण सुरु गरेको हो ।

कम्पनीका अनुसार नेपाली ग्राहकका लागि प्रोलिङ्कका लाइन-इन्टरएक्टिभ (Line-Interactive) यूपीएस, अनलाइन (Online) यूपीएस, अटोमेटिक भोल्टेज रेगुलेटर (AVR) र सर्भो एभीआर (Servo AVR) उपलब्ध भएका छन् ।

इन्भर्टर, सोलार हाइब्रिड इन्भर्टर, यूपीएस ब्याट्री, ब्याट्री बैंक, र्‍याक एक्सेसरिज, डेटाकम र विभिन्न कन्जुमर डिभाइसहरू पनि बजारमा ल्याइएको छ । यी उत्पादन घरायसी प्रयोजनदेखि ठुला व्यावसायिक तथा औद्योगिक क्षेत्रको आवश्यकतालाई सम्बोधन गर्ने गरी डिजाइन गरिएका छन् ।

"आजको डिजिटल युगमा घर र व्यवसाय दुवै ठाउँमा कम्प्युटर, नेटवर्किङ प्रणाली, सीसीटिभी र सर्भरजस्ता महत्त्वपूर्ण विद्युतीय उपकरणको प्रयोग अनिवार्य बनेको छ," कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "विद्युत् अवरोध वा भोल्टेजको उतारचढावले यस्ता उपकरणमा क्षति पुग्ने, कार्यसम्पादन रोकिने र महत्त्वपूर्ण डेटा गुम्ने जोखिम हुन्छ । त्यसैले भरपर्दो पावर ब्याकअप र भोल्टेज नियन्त्रण प्रणाली आजको आवश्यकता हो ।"

प्राविधिक विशेषताका आधारमा प्रोलिङ्कको लाइन-इन्टरएक्टिभ यूपीएस ६५० भीएदेखि ३३०० भीएसम्म उपलब्ध छन्, जुन डेस्कटप कम्प्युटर, वर्कस्टेसन र पीओएस प्रणालीका लागि उत्कृष्ट मानिन्छन् । त्यस्तै, भोल्टेज स्थिर राख्नका लागि सिंगल फेजमा १ केभीएदेखि ३० केभीएसम्म र थ्री-फेजमा ६ केभीएदेखि २००० केभीएसम्मका 'अटोमेटिक भोल्टेज रेगुलेटर' उपलब्ध गराइएको छ ।

विशेषगरी संवेदनशील क्षेत्रका लागि कम्पनीले 'अनलाइन यूपीएस' ल्याएको छ । यसअन्तर्गत १ देखि १० केभीएसम्मका सिंगल फेज र १० देखि ४०० केभीएसम्मका थ्री-फेज स्ट्यान्डअलोन यूपीएस उपलब्ध छन् ।

साथै, ८०० केभीएसम्मका मोडुलर यूपीएस र २०० केभीएसम्मका लो-फ्रिक्वेन्सी यूपीएस पनि उपलब्ध छन् । यी अनलाइन यूपीएसहरूमा 'ट्रु डबल-कन्भर्जन' (True Double-Conversion) प्रविधि र 'शून्य ट्रान्सफर टाइम' (Zero Transfer Time) को सुविधा छ । यसले गर्दा डेटा सेन्टर, बैंकिङ, स्वास्थ्य सेवा र दूरसञ्चारजस्ता निरन्तर विद्युत् आपूर्ति आवश्यक पर्ने क्षेत्रका लागि यो अत्यन्तै प्रभावकारी हुने कम्पनीको दाबी छ ।

पछिल्लो अध्यावधिक: साउन ५, २०८३ १६:२