close

पोखरामा जारी वाडा अटो शोमा निसान, ओमोडा एन्ड जेइको, जिकर, लिपमोटर र सिट्रनका गाडीमा विशेष अफर

टेकपाना टेकपाना

चैत १४, २०८१ १३:२९

पोखरामा जारी वाडा अटो शोमा निसान, ओमोडा एन्ड जेइको, जिकर, लिपमोटर र सिट्रनका गाडीमा विशेष अफर

पोखरा । पोखरामा आजदेखि सुरु भएको ‘वाडा अटो शो २०२५’का लागि निसान, ओमोडा एन्ड जेइको, जिकर, लिप मोटर र सिट्रन गाडीहरूमा आकर्षक अफर सार्वजनिक भएको छ । बराल ग्रुप अन्तर्गत सञ्चालनमा रहेको एलिट मोटर्स र एसएसएल मोटर्सले सीमित अवधिका लागि उक्त अफर ल्याएका हुन् ।

निसान, ओमोडा एन्ड जेइको, र जिकरको आधिकारिक डिलर एलिट मोटर्स तथा लिप मोटर र सिट्रनको आधिकारिक डिलर एसएसएल मोटर्स दुवै कम्पनी बराल ग्रुप अन्तर्गत सञ्चालनमा छन् । अटो प्रदर्शनीमा एलिट मोटर्सले विभिन्न प्रिमियम अटोमोटिभ ब्रान्डहरू प्रस्तुत गर्दैछ ।

जहाँ सहभागी तथा दर्शकहरूले अत्याधुनिक गाडी अनुभव गर्नुका साथै सीमित समयका लागि विशेष अफरहरूको लाभ लिन सक्नेछन् । प्रदर्शनीमा शारडा ग्रुप अन्तर्गत ओमोडा एन्ड जेइको, निसान र जिकर ब्रान्डहरू स्टल नम्बर ‘ए-सिक्स’ र ‘ए-सेभेन’मा राखिएका छन् । त्यस्तै गरी, गोल्छा ग्रुपले स्टल नम्बर ‘ए-टु’मा ‘लिपमोटर’ र ‘सिट्रन’ ब्रान्डका गाडीहरू प्रदर्शन गरिरहेको छ । 

ओमोडा एन्ड जेइकोको स्टलमा विशेष वार्षिकोत्सव लाभसहित ब्रान्डको नेपालमा पहिलो वार्षिकोत्सव मनाइनेछ । जसलाई ‘वन इयर अफ इनोभेसन’ को नाम दिइएको छ । 

ओमोडा एन्ड जेइको गाडीमा उपलब्ध अफर

अफर अन्तर्गत ग्राहकहरूले नयाँ ओमोडा एन्ड जेइको गाडी ५५ लाख ९९ हजारको सुरुवाती मूल्यबाट बुकिङ तथा खरिद गर्न सक्नेछन् । जसमा पाँच लाख १५ हजार रुपैयाँ बराबरको लाभ समावेश हुने कम्पनीले जनाएको छ । 

जुन नगद छुट, आकर्षक एक्स्चेन्ज बोनस, एक वर्षको निःशुल्क बीमा, साथै ब्याट्री तथा मोटरमा ८ वर्ष (वा १,६०,००० किलोमिटर) को वारेन्टीको रूपमा पाउन सकिनेछ । त्यसैगरी कम्पनीले निःशुल्क ७ किलोवाट वाल चार्जर र एक वर्षको निःशुल्क सडक कर पनि उपलब्ध गराउनेछ । यो अफर सीमित अवधिका लागि मात्र लागु हुने बताइएको छ ।  

के छ जिकरको अफर ? 

जिकरले पनि ग्राहकहरूका लागि विशेष अफरहरू ल्याएको छ । जस अन्तर्गत नगद छुट, एक्स्चेन्ज बोनस, निःशुल्क ७ किलोवाटको चार्जर र चालु आर्थिक वर्षको लागि निःशुल्क सडक कर जस्ता अफर रहेका छन् ।

निसानका गाडीमा पनि विशेष अफर

साथै, निसान म्याग्नाइटको नयाँ फेसलिफ्ट भेरियन्ट सुरुवाती मूल्य ३४ लाख ७५ हजारमा उपलब्ध गराइएको छ ।  यसमा २६ हजार ३२० को मासिक किस्तासहित आकर्षक फाइनान्सिङ सुविधा पनि समेटिएको छ । त्यसैगरी ग्राहकले एक वर्षको विस्तृत बीमा, चालु आर्थिक वर्षको लागि निःशुल्क सडक कर र तीन वर्षसम्म निःशुल्क सर्भिसिङ तथा वारेन्टीको सुविधा प्राप्त गर्नेछन् ।

२०% डाउन पेमेन्टमै लिपमोटरको ईभी

लिपमोटरले ‘वाडामा नाडा अफर’ घोषणा गरेको छ । जसअन्तर्गत लिपमोटर ‘सी-टेन’ ६७ लाख ९९ हजारको विशेष मूल्यमा बुक गर्न सकिनेछ ।

वाडा विशेष अफरहरूमा २०% डाउनपेमेन्ट, निःशुल्क ७ किलोवाटको चार्जर, निःशुल्क सडक कर आदि रहेका छन् । वाडा अटो शोमा स्टल नम्बर ‘ए-टु’ भ्रमण गर्ने ग्राहकले लिपमोटरको तर्फबाट आकर्षक गिफ्ट ह्याम्पर पनि प्राप्त गर्नेछन् ।

एलिटमोटर्सले गण्डकी र धौलागिरी क्षेत्रका लागि निसान, ओमोडा एन्ड जेइको र जिकरको आधिकारिक डिलरको रूपमा सेवा प्रदान गर्दै आएको छ । एसएसएल मोटर्स सोही क्षेत्रका लागि लिपमोटर्स र सिट्रन‍को आधिकारिक डिलरको रूपमा रहेको छ ।

नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा) को आयोजनामा हुन भइरहेको ‘वाडा अटो शो २०२५’ मा नेपालको अटोमोबाइल बजारका चर्चित कम्पनीहरू शारडा ग्रुप र गोल्छा अर्गनाइजेसन आदिको सहकार्य र सहभागिता रहेको छ । अत्याधुनिक अटोमोटिभ ब्रान्ड र विशेष अफरहरूको प्रदर्शनीको रूपमा रहेको ‘वाडा अटो शो २०२५’, पोखराको अमरसिंह मैदानमा यही १४-१८ चैतसम्म आयोजना हुनेछ ।

पछिल्लो अध्यावधिक: चैत १४, २०८१ १३:३६