काठमाडौँ । देशकै ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनीको इन्टरनेटमा समस्या देखिएको छ । आइतबार दिउँसोदेखि कम्पनीको इन्टरनेट स्लो हुने समस्या देखिएको हो ।
कम्पनीले एक सूचना जारी गर्दै अपस्ट्रिम प्रदायकको नेटवर्कका कारण इन्टरनेट सेवामा समस्या आएको जानकारी दिएको छ । "हाम्रो टिम सकेसम्म छिटो यो समस्या समाधानका लागि काम गरिरहेको छ," कम्पनीले भनेको छ ।
भारत स्थित अपस्ट्रिम प्रदायकहरूका कारण बेला बेलामा नेपालमा इन्टरनेट सेवा प्रदायकले समस्या झेल्दै आएका छन् । विश्वको इन्टरनेट सञ्जालसँग जोडिन नेपालका सेवा प्रदायकले भारतीय अपस्ट्रिम प्रदायकको नेटवर्क प्रयोग गर्दै आइरहेका छन् ।