close

एकीकृत डिजिटल कृषि प्लेटफर्म बनाउन सांसद खनालको प्रस्ताव

टेकपाना टेकपाना

बैशाख २३, २०८२ ८:३९

एकीकृत डिजिटल कृषि प्लेटफर्म बनाउन सांसद खनालको प्रस्ताव

काठमाडौँ । पूर्व शिक्षा मन्त्रि तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले एकीकृत डिजिटल कृषि प्लेटफर्म बनाउन प्रस्ताव राखेका छन् । सोमवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमको संशोधनका लागि सुझाव दिँदै उनले राष्ट्रिय स्तरको एकीकृत डिजिटल प्लेटफर्म बनाउन आग्रह गरेका हुन् । 

किसानहरूलाई मौसम, बजार मूल्य, सरकारी अनुदान, कृषि प्रविधि, विज्ञहरूको सुझाव उपलब्ध गराउन मोबाइल एपसहित राष्ट्रिय स्तरको एकीकृत डिजिटल प्लेटफर्म बनाउन पर्ने आवश्यकता रहेको उनको भनाइ छ । 

यस्तै पर्यटन विकासको विषयमा बोल्दै उनले परम्परागत तरिकाले काम गर्नुभन्दा नेपाल पर्यटन बोर्डलाई पुन: संरचना गरेर डिजिटल मार्केटिङ र अन्तर्राष्ट्रिय ब्रान्डिङमा केन्द्रित गर्नुपर्ने पनि बताए ।  

डिजिटल प्रवर्द्धन र भिसा सरलीकरण गर्दै नेपाललाई डिजिटल घुमन्ते डिजिटल नोम्याड्स (डिजिटल घुमन्ते) र रिमोट वर्करको आकर्षणको केन्द्र बनाउनुपर्ने पूर्वमन्त्री खनालले भने। यसका लागि डिजिटल घुमन्ते र रिमोट वर्करका लागि विशेष भिसा श्रेणीको व्यवस्था गर्ने र मुख्य शहरहरूमा वर्किङ स्पेसको व्यवस्था गर्नुपर्ने बताए । 

यस्तै उनले डिजिटल सामाग्री ग्रामीण र दुर्गम क्षेत्रमा समेत डिजिटल सामाग्री पुर्‍याउन आवश्यक रहेको बताएका छन । उनले भने, “इन्टरनेट नभएका ठाउँमा पनि डिजिटल सामग्रीको प्रयोग बढाउनका लागि अफलाइन मटेरियलको पनि आवश्यकता छ ।” एआईलाई शिक्षा क्षेत्रमा नीति तथा कार्यक्रमले नसमेटेको उनले बताए । 

खनालले थपे, “एआई साक्षरताका विषयमा युवाहरूलाई जानकारी दिने गरि पाठ्यक्रमको आवश्यकता देखिन्छ ।”

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८२ ९:२