काठमाडौँ । भिजिट भिसा प्रकरणमा जाेडिएका गृहमन्त्री रमेश लेखकको विषयमा नेकपा एमालेले सामाजिक सञ्जाल वा आमसञ्चार माध्यममा आएका टिप्पणीका आधारमा फैसला नहुने प्रतिक्रिया दिएकाे छ ।
आइतबार बसेको दलको सचिवालय बैठकपछि पत्रकार सम्मेलनमा बाेल्दै एमाले महासचिव शंकर पाेखरेलले यस्तो जवाफ दिएका हुन् ।
महासचिव पोखरेलले कुनै पनि घटनाको अनुसन्धान गर्ने छुट्टै निकाय भएका कारण सञ्चारमाध्यम वा सोसल मिडियाका माध्यममा आएका टिप्पणीले फैसला नहुने उल्लेख गरे ।
“कुनै पनि विषयमा अनुसन्धान गर्ने अभियोजन गर्ने निकायहरू छन् । हामी आमसञ्चार माध्यम वा सोसल मिडियाका माध्यमबाट अभियोजन गर्ने हक राख्दैनौँ,” उनले भने, “राजनीतिक दलहरू सुशासनको पक्षमा पैरवी गर्दछन् । अनुसन्धान गर्ने निकाय अनुसन्धान गर्दछन् । दोषी देखिएकाहरू कारबाहीमा पर्छन् । सोसल मिडिया र आमसञ्चार माध्यममा के टिप्पणी भयो भन्ने आधारमा फैसला हुँदैन ।”