close

अन्ततः आईप्याडमा आयो ह्वाट्सएपको छुट्टै एप

टेकपाना टेकपाना

जेठ १४, २०८२ ११:२३

अन्ततः आईप्याडमा आयो ह्वाट्सएपको छुट्टै एप

काठमाडौँ । मेटाले आईप्याड प्रयोगकर्ताका लागि छुट्टै ह्वाट्सएप एप ल्याएको छ । सन् २००९ मा ह्वाट्सएप र २०१० मा पहिलो आईप्याड सार्वजनिक भएपछिको १५ वर्षपछि मेटाले पहिलो पटक यस्तो कदम चालेको हो । 

एप स्टोरमा उपलब्ध भइसकेको यस एपमा आईफोनको ह्वाट्सएप एपमा जस्तै सुविधा उपलब्ध छन् । यसमार्फत ३२ जनासम्मको अडियो र भिडिओ कल गर्न सकिनेछ । त्यस्तै अगाडि र पछाडिको दुबै क्यामेरा प्रयोग गर्न मिल्नेछ । साथै स्क्रिन सेयर गर्ने सुविधा पनि उपलब्ध हुनेछ । 

यो एप आईप्याडओएसका स्टेज म्यानेजर, स्प्लिट भ्यू र स्लाइड ओभर जस्ता सुविधासँग मेल खाने गरी डेभलप गरिएको छ । यसले गर्दा प्रयोगकर्ताले वेब ब्राउजिङ वा भिडिओ हेर्दै गर्दा पनि स्प्लिट स्क्रिनमा मेसेजहरू सजिलै हेर्नसक्ने कम्पनीले जनाएको छ । 

यसअघि ठुलो स्क्रिनमा ह्वाट्सएप प्रयोग गर्न चाहनेहरूले आईप्याडको ब्राउजरमार्फत वेब संस्करण खोल्नु पर्ने वा म्याक/पिसीको डेस्कटप एप प्रयोग गर्नु पर्ने बाध्यता थियो ।

पछिल्लो अध्यावधिक: जेठ १४, २०८२ ११:४२