close

अब नागरिकता देखाएकै भरमा मोटोरोलाका स्मार्टफोन किस्ताबन्दीमा किन्न पाइने, ब्याज पनि नलाग्ने

टेकपाना टेकपाना

असार १५, २०८२ १८:४४

अब नागरिकता देखाएकै भरमा मोटोरोलाका स्मार्टफोन किस्ताबन्दीमा किन्न पाइने, ब्याज पनि नलाग्ने

काठमाडौँ । अब मोटोरोला ब्रान्डका स्मार्टफोन किन्न शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी (ईएमआई) सुविधा पाइने भएको छ । सीजी मोबाइल र मोटोरोलाको सहकार्यमा यो सुविधा ल्याइएको हो । 

कम्पनीका अनुसार नागरिकता देखाएकै भरमा ग्राहकले ४० प्रतिशत डाउन पेमेन्ट बुझाएर मोटोरोला फोन खरिद गर्न सक्ने छन् । यसका लागि मासिक ईएमआई रकम १,६६७ रुपैयाँबाट सुरु हुनेछ ।  

कम्पनीका अनुसार हाल मोटोरोलाका विभिन्न ६ मोडेलका फोन ईएमआई अन्तर्गत खरिद गर्न सकिनेछ । जसमा २४ हजार ९९९ रुपैयाँ पर्ने ८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज भएको मोटो जी ४५ स्मार्टफोनको मासिक ईएमआई १६६७ रुपैयाँ हुन आउँछ । त्यस्तै २७ हजार ४९९ मूल्यको मोटो जी ६४ (८ जीबी+१२८ जीबी) का लागि १८३३ रुपैयाँ ईएमआई पर्नेछ । 

यसबाहेक ३० हजार ९९९ मूल्य रहेको १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेजको मोटो जी ६४ मोडेल २,०६७ रुपैयाँ र ३४ हजार ४९९ मूल्यको मोटो जी ८५ (८ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज) २३०० रुपैयाँ मासिक ईएमआईमा उपलब्ध छ ।

यस बाहेक मोटो जी ८५ कै १२ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध फोन मासिक २५०० रुपैयाँ ईएमआई तिर्ने गरी खरिद गर्न सकिनेछ, जसको मूल्य ३७ हजार ४९९ रुपैयाँ रहेको छ । यसैगरी ४५ हजार ९९९ रुपैयाँ मूल्यको मोटो एज ५० फ्युजन (१२+२५६ जीबी) स्मार्टफोन मासिक ३,१३३ रुपैयाँ ईएमआईमा उपलब्ध छ ।

 




 

पछिल्लो अध्यावधिक: साउन ३, २०८२ १८:५३