close

‘डार्क फाइल’ मा फेक अडियो पठाएको मुद्दामा दोषी ठहर भई फरार रहेका तिम्सिना पक्राउ

Techpana Techpana

साउन ५, २०८२ १६:५६

‘डार्क फाइल’ मा फेक अडियो पठाएको मुद्दामा दोषी ठहर भई फरार रहेका तिम्सिना पक्राउ

काठमाडौँ । ‘सिधा कुरा’ डटकमको कार्यक्रम ‘डार्क फाइल’मा फेक अडियो पठाएको मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भई फरार रहेका राजकुमार तिम्सिना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीले आइतबार तिमल्सिनालाई इटहरीबाट नियन्त्रणमा लिएको हो । 

अदालतका उप-रजिस्ट्रार गोविन्दप्रसाद घिमिरेको प्रतिवेदन जाहेरीपछि नेपाल सरकार वादी भएको मुद्दामा सर्वोच्च अदालतले तिम्सिनालाई दोषी ठहर गरेको थियो । अदालतको ‘०८०-CF-००१२’ नम्बरको उक्त मुद्दामा उनलाई छ महिना कैद सजाय तोकिए पनि उनी फरार थिए । 

नियन्त्रणमा लिइएका तिमल्सिनालाई फैसला कार्यान्वयनका लागि सोमबार जिल्ला अदालत सुनसरीमा बुझाइएको जिल्ला कार्यालयका डीएसपी योगराज खतिवडाले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: साउन ५, २०८२ १६:५७