काठमाडौँ । पूर्वाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त कान्तिपुर सिटी कलेज (केसीसी) ले केसीसी एक्जिबिट २०२५ 'KCC Exhibit 2025' घोषणा गरेको छ । साउन १६ र १७ गते आयोजना गरिने यो प्रदर्शनी कलेज परिसर, पुतलीसडक, काठमाडौँमा आयोजना हुनेछ ।
“Innovate, Exhibit, Inspire” भन्ने मूल नारासहित आयोजना हुने यो दुई दिने प्रदर्शनीले विद्यार्थीहरूका सिर्जनात्मक र व्यावहारिक शिक्षालाई प्रोत्साहन गर्नुका साथै शैक्षिक क्षेत्र र उद्योग क्षेत्र बीचको सहकार्यलाई थप सशक्त बनाउने कलेजको भनाइ छ ।
प्रदर्शनीमा ४० भन्दा बढी विद्यार्थी नेतृत्वमा आधारित परियोजनाहरू अवलोकनका लागि प्रदर्शन गरिनेछन् । कलेजका अनुसार यस प्रदर्शनीमा कृत्रिम बुद्धिमत्ता (AI), इन्टरनेट अफ थिङ्स (IoT), सफ्टवेयर एप्लिकेसनहरू, वेब/मोबाइल एप्स, शैक्षिक प्लेटफर्म, सिभिल इन्जिनियरिङ मोडलहरू, ट्राफिक व्यवस्थापन, भूकम्प प्रतिरोधी संरचनाहरू आदि समावेश हुनेछन् ।
कार्यक्रममा १० हजार भन्दा बढी अवलोकनकर्ताहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: साउन १५, २०८२ २१:३३
