काठमाडौँ । चाडपर्वलाई लक्षित गर्दै कम्पनीहरूले विभिन्न अफर दिने ट्रेन्डलाई तोड्दै डोङफेङ नामीले चाडपर्व अगाडी नै आफ्ना ग्राहकका लागि अफर ल्याएको छ । “व्हाई वेट फर द फेस्टिभल?” (Why Wait for the Festival) भन्ने नारासहित ल्याइएको ‘अर्ली फेस्टिभ अफर’ अफरअन्तर्गत कम्पनीले ह्याचब्याक नामीको मूल्य घटाएको छ ।
यस अफरअन्तर्गत ग्राहकहरूले ३४ लाख ७९ हजार रूपैयाँ पर्ने नामी ईभी ३३ लाख ९९ हजारमा नै खरिद गर्न सक्नेछन् ।
"नामीले आफ्नो सेग्मेन्ट फर्स्ट फिचरहरू, बलियो रेन्ज र उत्कृष्ट मूल्यका कारण छोटो समयमै नेपाली ग्राहकहरूको मन जित्न सफल भएको छ," कम्पनीले आफ्नो विज्ञप्तिमा उल्लेख गरेको छ, "बोल्ड डिजाइन, लक्जरी इन्टेरियर र प्रयोग गर्न सहज प्रविधिको संयोजनले नामीलाई आधुनिक जीवनशैलीका लागि उपयुक्त ठूलो ह्याचब्याक भएको फाइभ-स्टार लक्जरी ईभी बनाएको छ ।"
यस ईभीमा लेभल टु एडास, भेन्टिलेटेड र हिटेड सिट, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १७ इन्चको टायर, १२ वटा अल्ट्रासोनिक राडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्र्युज कन्ट्रोल, स्टार लाइट क्रिस्टल एलईडी हेडल्याम्प जस्ता सुविधा छन् ।
पछिल्लो अध्यावधिक: साउन १६, २०८२ १८:५४
