close

विदेशीलाई राख्नुअघि अब अनिवार्य रूपमा सरकारी रोजगार पोर्टलमार्फत नेपाली श्रमिक खोज्नुपर्ने

टेकपाना टेकपाना

साउन २०, २०८२ ११:५७

विदेशीलाई राख्नुअघि अब अनिवार्य रूपमा सरकारी रोजगार पोर्टलमार्फत नेपाली श्रमिक खोज्नुपर्ने

काठमाडौँ । अब रोजगारदाताले विदेशी श्रमिक भर्ना गर्नु अघि सरकारको रोजगार पोर्टलमार्फत नेपाली नागरिकबाटै दक्ष श्रमिक खोज्नु पर्ने भएको छ । श्रम संसार नामक रोजगार पोर्टल सञ्चालनमा ल्याएको सरकारले विदेशी श्रमिक राख्न चाहने रोजगारदाताका लागि यो व्यवस्था अनिवार्य गरेको हो ।

श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागले श्रम इजाजतसम्बन्धी यही विषयमा रोजगारदातलाई जानकारी गराउन सोमबार एक सूचना प्रकाशित गरेको छ । रोजगारदाताले आफूलाई चाहिएको दक्ष श्रमिक नेपाली नागरिकबाट प्राप्त गर्न राष्ट्रिय स्तरको दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नुपर्ने व्यवस्था छ ।

त्यसरी विज्ञापन प्रकाशन गर्दा पनि नेपाली नागरिकबाट खोजेको श्रमिक नभेटिए त्यसको प्रमाण सहित विदेशी श्रमिकलाई काममा लगाउन श्रम इजाजतका लागि विभाग समक्ष निवेदन सकिन्छ । सूचना अनुसार त्यस्तो विज्ञापन अब श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालनमा ल्याएको श्रम संसार रोजगार पोर्टल वा श्रम संसार एपमा समेत अनिवार्य रूपमा समावेश गर्नुपर्ने भएको हो । 

पछिल्लो अध्यावधिक: साउन २०, २०८२ १२:१०