close

भिभोको स्मार्टफोन ८,८८८ रुपैयाँमै किन्ने मौका

टेकपाना टेकपाना

साउन २२, २०८२ १५:३७

भिभोको स्मार्टफोन ८,८८८ रुपैयाँमै किन्ने मौका

काठमाडौँ । भिभो नेपालले आफ्ना ग्राहकहरूका लागि ई-कमर्स प्लेटफर्म दराजमार्फत् नयाँ अफर ल्याएको छ । साउन २३ देखि २९ गतेसम्म चल्ने दराजको ८.८ सेल्स क्याम्पेनमा ग्राहकले बम्पर छुट, एक्सक्लुसिभ डिल्स र 

रोमाञ्चक फ्ल्याश सेल्सको भरपूर फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । 

यस क्याम्पेन अन्तर्गत ग्राहकहरूले प्रत्येक फ्ल्यागशिप भिभो एक्स२०० प्रोको खरिदमा चार हजार बराबरको भिभो बड्स उपहार स्वरुप निःशुल्क प्राप्त गर्न सक्नेछन् । यस्तै २३ साउनको राती १२ बजे हुने विशेष फ्ल्याश सेलमा भिभो वाई१९एस प्रो आठ हजार ८८८ रुपैयाँमा खरिद गर्न सक्नेछन् । 

साथै, ग्राहकहरूले दराजमा सिधैँ डिस्काउन्ट भाउचरहरू रिडिम गरेर पनि थप बचत गर्न सक्ने कम्पनीले जनाएको छ । 

पछिल्लो अध्यावधिक: साउन २२, २०८२ १५:३७