आईटी किन र कसरी पढ्ने ? निःशुल्क अनलाइन परामर्श दिँदै प्रधानमन्त्रीका सल्लाहकार अस्गर अली
साउन २२, २०८२ १७:५६
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका आईटी सल्लाहकारले विद्यार्थीहरूका लागि निःशुल्क अनलाइन सेसन सञ्चालन गर्ने भएका छन् । आफ्नो इलर्निङ प्लेटफर्म एम्बिसन गुरुमार्फत आईटी किन र कसरी पढ्ने भन्ने विषयमा उनले लाइभ सेसन दिने भएका हुन् ।
एम्बिसन गुरुको मोबाइल एपमा प्रसारण हुने उक्त सेसन भोलि शुक्रबार साँझ ६ः३० बजेदेखि सुरु हुनेछ । एफवन सफ्ट, इसेवा, फोनपे, एम्बिसन गुरु जस्ता सफल आईटी उद्यम स्थापना तथा सह-स्थापना गरिसकेका अली नेपाल सरकारको नागरिक एपकासमेत परिकल्पनाकार हुन् ।
पछिल्लो अध्यावधिक: साउन २२, २०८२ १७:५६
