प्ले स्टोरमा आयो गुगल पासवर्ड म्यानेजरको नयाँ एप, अब पासवर्ड र पासकी फेला पार्न झनै सजिलो
भदौ ६, २०८२ १३:१२
काठमाडौँ । गुगलले आफ्नो पासवर्ड व्यवस्थापन प्रक्रियालाई अझ सहज बनाउनका लागि गुगल पासवर्ड म्यानेजरको एउटा नयाँ एप प्ले स्टोरमा सार्वजनिक गरेको छ । प्रयोगकर्ताहरूलाई होमस्क्रिनबाटै पासवर्ड म्यानेजरमा अझ सहज पहुँच प्रदान गर्न यो नयाँ शर्टकट ल्याइएको हो ।
यो वास्तवमा छुट्टै एप नभई गुगल प्ले सर्भिसहरूबाट सञ्चालित विद्यमान पासवर्ड म्यानेजरमा पुग्ने एउटा शर्टकट हो । यसले प्रयोगकर्ताहरूलाई आफ्ना पासवर्ड, पासकी र अन्य जानकारीहरू छिटो र सजिलै फेला पार्न तथा व्यवस्थापन गर्न मद्दत गर्छ ।
यसले पूर्ण एप ग्रिड र डिभाइस सर्चमा पनि स्थान पाउनेछ । जसले गर्दा यसलाई खोज्न अझ सजिलो बनाउनेछ । गुगल पासवर्ड म्यानेजर पहिलेदेखि नै एन्ड्रोइड फोनहरूमा उपलब्ध छ, जसले सुरक्षित रूपमा पासवर्ड सेभ गर्छ र छिटो लगइन गर्न मद्दत गर्छ ।
यो क्रोम (सबै प्लेटफर्महरूमा) र एन्ड्रोइड दुवैमा निर्मित छ । जसले कुनै पनि डिभाइसमा साइट र एपहरूमा लगइन गर्न सजिलो बनाउनुका साथै पासवर्ड सम्झन वा पुनः प्रयोग गर्न आवश्यक पर्दैन ।गुगल पासवर्ड म्यानेजर शर्टकट अर्थात् एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: भदौ ६, २०८२ १३:१२
