close

'पुलिस मामा छ' भन्दै युट्युबमा नेपाल प्रहरीको लोगो राखेर अश्लील सामग्री अपलोड

टेकपाना टेकपाना

भदौ ११, २०८२ १४:३

'पुलिस मामा छ' भन्दै युट्युबमा नेपाल प्रहरीको लोगो राखेर अश्लील सामग्री अपलोड

काठमाडौँ । एक युट्युब च्यानलमा नेपाल प्रहरीको लोगो दुरुपयोग गरिरहेको पाइएको छ । 'पुलिस मामा छ' (Police _mama-X, अर्काइभ लिङ्क) भन्ने नाममा युट्युब च्यानल खोलेर अश्लील सामग्री राखेको पाइएको हो ।

२३ मार्च २०२५ मा खोलिएको उक्त अकाउन्टमा यो समाचार तयार पार्दासम्म १० ओटा भिडिओ अपलोड भएका छन्, जसको कूल भ्युज १ लाख २३ हजार भन्दा बढी छ । च्यानललाई भने १३९ जनाले मात्रै सब्सक्राइब गरेका छन् ।

च्यानलमा अपलोड भएका भिडिओहरू हेर्दा अङ्ग प्रदर्शन, हल्का खाले कमेडी, विभिन्न सामाजिक सञ्जालबाट लिइएका कन्टेन्टहरू राखिएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महा निरीक्षक विनोद घिमिरेले नेपाल प्रहरीको लोगो अनधिकृत रूपमा प्रयोग ‍गर्न नपाइने बताए । "यदि त्यसो गरेको पाइए तत्काल पक्राउ गरेर विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही अगाडि बढाउँछौँ," उनले भने ।

पछिल्लो अध्यावधिक: भदौ ११, २०८२ १४:११