close

नेपाली बजारमा सार्वजनिक हुँदै सामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी ए १७, कति होला मूल्य ?

टेकपाना टेकपाना

भदौ १२, २०८२ ११:५६

नेपाली बजारमा सार्वजनिक हुँदै सामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी ए १७, कति होला मूल्य ?

काठमाडौँ । सामसङले आफ्नो नयाँ स्मार्टफोन सामसङ ग्यालेक्सी ए १७ चाँडै नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । आकर्षक बनावट र पातलो डिजाइनका साथ यो फोन सार्वजनिक हुन लागेको हो ।

ग्यालेक्सी ए १७ मा ६.७ इन्चको सुपर एमोलेड डिस्प्ले रहेको छ, जसमा ९० हर्जको रिफ्रेश रेट पाउन सकिन्छ । डिस्प्लेलाई गोरिल्ला ग्लास भिक्टस प्रोटेक्सनले सुरक्षित राखिएको छ ।

क्यामेराको कुरा गर्नुपर्दा यसमा ५० मेगापिक्सेलको ओआईएस (अप्टिकल इमेज स्टेबलाइजेसन) युक्त मेन क्यामेरा रहेको हो । यसका साथै ५ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स र २ मेगापिक्सेलको म्याक्रो लेन्स पनि उपलब्ध छ । सेल्फीका लागि भने १३ मेगापिक्सेलको क्यामेरा दिइएको छ ।

यो फोन एन्ड्रोइड १५ मा आधारित छ र यसमा वनयूआई ७ पाउन सकिनेछ । फोनमा एक्सिनस १३३० चिपसेट समावेश छ । सामसङले यो फोनमा ६ वटा मुख्य एन्ड्रोइड अपग्रेड र सुरक्षा अपडेटहरू उपलब्ध गराउने बाचा गरेको छ ।

दैनिक जीवनमा आर्टिफिसियल इन्टेलिजेन्सको अनुभवका लागि फोनमा जेमनाई एआई पनि समावेश गरिएको छ । ब्याट्री र चार्जिङतर्फ ग्यालेक्सी ए १७ मा ५,००० एमएएच क्षमताको ब्याट्री रहेको छ, जसलाई २५ वाटको चार्जिङले सपोर्ट गर्नेछ ।

यो फोन ४/१२८ जीबी, ६/१२८ जीबी र ८/२५६ जीबी स्टोरेज तथा ग्रीन, सिल्भर र ब्ल्याक कलर भेरियन्टमा उपलब्ध हुनेछ । यी विशेषताहरूको आधारमा बजार विश्लेषकहरूले यो फोनको मूल्यको अनुमान गरिरहेका छन्, तर सामसङले आधिकारिक मूल्य भने सार्वजनिक भए पछि नै बाहिर ल्याइने जनाएको छ । 

पछिल्लो अध्यावधिक: भदौ १२, २०८२ १६:१५