बहुविवाहको हल्ला भाइरल बनेपछि रास्वपा उम्मेदवार थापाले फेसबुकमै राखिदिए सम्बन्धविच्छेदको कागज
भदौ १७, २०८२ १०:३१
काठमाडौँ । बहुविवाह तथा बहुपत्नीको हल्ला सामाजिक सञ्जालमा भाइरल बनेपछि रूपन्देही ३ का लागि रास्वपाका उम्मेदवार लेखजङ्ग थापाले सम्बन्ध विच्छेदको कागज नै सार्वजनिक गरी दिएका छन् । उनले मङ्गलबार फेसबुकमार्फत रूपन्देही जिल्ला अदालतबाट जारी सम्बन्ध विच्छेदको आदेश फेसबुकमा राखेका हुन् ।
सार्वजनिक भएको कागजात मार्फत थापा र उनकी जेठी श्रीमतीबिच १५ माघ २०७९ मै सम्बन्ध विच्छेद भएको देखिन्छ । आइतबार रास्वपाले थापालाई रूपन्देही ३ का लागि उम्मेदवार बनाउने निर्णय गरेसँगै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उनको वैवाहिक सम्बन्धको विषय भाइरल बनेको थियो ।
पछिल्लो अध्यावधिक: भदौ १७, २०८२ १०:४१
