काठमाडौँ । देशभर भएको प्रदर्शनका क्रममा २३ भदौपछि भागेका अभियुक्त तथा कैदीबन्दीलाई यथाशीघ्र सम्पर्कमा आउन नेपाल प्रहरीले आग्रह गरेको छ ।
बिहीबार प्रहरी महानिरीक्षकको सचिवालयले विज्ञप्ति निकाल्दै प्रहरीका विभिन्न कार्यालय र एकाइ तथा कारागार कार्यालयमा भएको तोडफोड, आगजनीपछि अनुसन्धानका क्रममा हिरासतमा रहेका अभियुक्त र अदालतबाट तोकिएको सजाय भुक्तान गर्न कारागारमा रहेका कैदीबन्दीहरू भागेकाले सम्पर्कमा आउन आग्रह गरेको हो ।
त्यस्ता अभियुक्त र कैदीबन्दीहरूलाई सम्बन्धित जिल्लाको जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी एकाइ वा अन्य सुरक्षा निकायको स्थानीय कार्यालयमा यथाशीघ्र सम्पर्कमा आउन आग्रह गरिएको छ ।
कारागारबाट भागेका कैदीहरूलाई नेपाली सेनाले समेत विभिन्न ठाउँबाट नियन्त्रणमा लिइरहेको छ ।
पछिल्लो अध्यावधिक: भदौ २६, २०८२ १९:३
