close

आईटी प्लाजामा दशैँ-तिहार अफर, विद्युतीय सामान किन्दा १०% छुटसँगै विभिन्न गिफ्ट ह्याम्पर

टेकपाना टेकपाना

असोज ५, २०८२ १७:३६

आईटी प्लाजामा दशैँ-तिहार अफर, विद्युतीय सामान किन्दा १०% छुटसँगै विभिन्न गिफ्ट ह्याम्पर

 

काठमाडौँ । विभिन्न विद्युतीय उपकरण तथा डिभाइसका ब्रान्डेड स्टोरहरू एकै स्थानमा रहेको काठमाडौँ, कमलादी स्थित आईटी प्लाजाले ‘दशैं-तिहार’ अफर ल्याएको छ । दशैँ तिहारलाई लक्षित गरेर ल्याइएको यो अफरमा ग्राहकले विभिन्न ल्यापटप, मनिटर, प्रोजेक्टर लगायतका विभिन्न विद्युतीय सामग्रीहरूमा १० प्रतिशतसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् ।

यसका साथै आईटी प्लाजामा सामान खरिद गर्ने ग्राहकले ‘स्पिन एण्ड विन’ मा सहभागी भई विभिन्न उपहार समेत प्राप्त गर्नसक्ने प्लाजाले जनाएको छ । प्लाजामा ग्राहकले एसर, डेल, लेनोभो, असुस, एमएसआई लगायत लजिटेक, प्रोलिङ्क, थर्मल टेक जस्ता ब्रान्डका सामग्रीमा यस्तो छुट पाउन सकिने बताइएको छ ।

प्लाजामा नियो स्टोर, आईटीटीआई, टीएस इन्टरनेसनल, अनलाइन आईटी, ईभो स्टोर, बोस होम अप्लायन्सेस, म्याक्स इन्टरनेसनल र इनफाइनाइट सोलुसन्स लगायतका स्टोरहरू रहेका छन् । 

पछिल्लो अध्यावधिक: असोज ५, २०८२ १७:३६