दशैँमा खिचेका फोटो राम्रा आएनन् ? यो एआई एप प्रयोग गरी बनाउनुहोस् आकर्षक
असोज १७, २०८२ १०:५१
काठमाडौँ । दशैँ पारिवारिक जमघटको रमाइलो वातावरण कैद गर्ने राम्रो अवसर हो । यस बेला खिचिएका फोटो सम्झनाका लागि निकै महत्त्वपूर्ण हुन्छन् । तर, सबैसँग डीएसएलआर वा हाई क्वालिटीको फोन नहुने भएकाले फोटो राम्रो नआउन सक्ने समस्या हुन्छ ।
यस्तो अवस्थामा पछिल्लो समय धेरै प्रयोगकर्ताको रोजाइ रेमिनी (Remini) एप बनेको देखिन्छ । यो एपले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर धुम्मिएका वा कम गुणस्तरका फोटोलाई समेत प्रस्ट र आकर्षक बनाइदिन्छ । साथै, ब्याकग्राउन्डलाई पनि आफ्नो इच्छाअनुसार स्तरीय बनाउन सकिन्छ ।
रेमिनीका धेरैजसो फिचर सशुल्क भए पनि विज्ञापन हेरेर निःशुल्क रूपमा पनि फोटो आकर्षक र हाई क्वालिटीको बनाउन सकिन्छ । एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोरबाट डाउनलोड गरेर प्रयोग गर्न सक्छन् भने आईओएस प्रयोगकर्ताले फ्री ट्रायल प्रयोग गर्न पाउने सुविधा पाउँछन् ।
प्रयोग गर्ने तरिका
- सबैभन्दा पहिले यहाँ क्लिक गरी एन्ड्रोइड प्रयोगकर्ताले एप इन्स्टल गर्नुहोस् ।
- इन्स्टल गरिसकेपछि एप खोल्नुहोस् ।
- अनि सबैभन्दा पहिले स्क्रिनमा देखिने 'गेट स्टार्टेड' (Get Started) को बटनमा ट्याप गर्नुहोस् ।
- अनि अर्को पेजलाई सोझै स्किप गर्नुहोस् ।
- यति गरेपछि प्राइभेसी टर्म्स एन्ड कन्डिसनलाई एसेप्ट वा डिक्लाइन गर्न सक्नुहुन्छ ।
- र, त्यसपछि दायाँपट्टि सोझिएको तिर देखिन्छ । त्यसैमा ट्याप गर्नुहोस् । अर्को पनि त्यसरी नै ट्याप गर्नुहोस् । त्यसपछि देखिने अर्को एर्रो पनि ट्याप गर्नुहोस् ।
- यति गरेपछि सबैभन्दा माथि बायाँपट्टि भएको क्रस आइकन ट्याप गर्नुहोस् ।
- अनि फोटोजको एक्सेस दिनु भनिएको 'Give Access to photos' को बटनमा ट्याप गरी ग्यालरीको एक्सेस दिनुहोस् । र, अलाउ (Allow) को बटनमा ट्याप गर्नुहोस् ।
- त्यसपछि आफूले हाई क्वालिटी बनाउन खोजेको फोटो छान्नुहोस् । र, इन्हयान्स (Enhance) को बटनमा ट्याप गर्नुहोस् । त्यसको केही समयपछि फोटो तयार हुन्छ ।
- डाउनलोड गर्नका लागि माथि दायाँपट्टि देखाइएको डाउनलोडको आइकनमा ट्याप गर्नुहोस् ।
- त्यसपछि स्क्रिनमा विज्ञापन देखिन्छ । विज्ञापन सकिएपछि तपाईंको डिभाइसमा सो फोटो सेभ हुन्छ ।
लो क्वालिटीका फोटोलाई आकर्षक बनाउन अहिले थुप्रै फ्री एआई टुलहरू आएका छन् । तर धेरैजसोमा दैनिक वा मासिक लिमिट हुन्छ । यी टुलहरूले विशेषगरी ब्लर हटाउने, अपस्केल गर्ने, कलर सुधार्ने जस्ता काम सजिलै गर्छन् । यदि तपाईं मोबाइल एप वा वेबबाट सुरु गर्न चाहनुहुन्छ भने रेमिनीसहित पिक्सेलकट (Pixelcut), क्यान्भा एआई फोटो इन्हान्सर (Canva AI Photo Enhancer), अपस्केल डट मिडिया (Upscale.media), पिकविश (PicWish) जस्ता टुल पनि छन् ।
पिक्सेलकट प्रयोग गर्न कुनै साइन-अप पनि चाहिँदैन । यो वेब र एन्ड्रोइड/आईओएस एप दुवैमा उपलब्ध छ । यसले फोरकेसम्म अपस्केल गर्छ, ब्लर हटाउँछ र न्वाइज रिडक्सनको काम गर्छ । सेकेन्डमै फोटो अपलोड गरेर आकर्षक बनाउन सकिन्छ । यदि तपाईंको फोटो सानो वा पिक्सेलेटेड छ भने यो टुलले प्रोफेसनल जस्तो रिजल्ट दिन्छ ।
वेब र मोबाइल एप दुवैमा चल्ने क्यान्भा एआई फोटो इन्हान्सरले पनि शार्पनेस, कलर बूस्ट, ब्राइटनेस सुधार्ने जस्ता सुविधा दिन्छ । साथै म्याजिक एक्सपान्डले फोटोलाई ठुलो बनाउँछ । यसमा अन्य क्रिएटिभ एडिटिङ टुलहरू पनि भएकाले फोटोलाई मात्र नभई पूरै डिजाइनलाई आकर्षक बनाउँछ ।
पछिल्लो अध्यावधिक: असोज १७, २०८२ ११:९


