एआई सिर्जित तस्बिर
काठमाडौँ । पर्वतारोहणको क्रममा समस्या परेमा तुरुन्तै उद्धारको लागि तयारी गरिएको छ । नेपाल पर्वतारोहण संघले पछिल्ला दिनमा लगातारको वर्षासँगै विपद्को जोखिम बढेको भन्दै उद्धारका लागि तयारी पूरा गरेको जनाएको छ ।
संघले जारी गरेको सूचनामा जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म वर्षा निरन्तर रहने पूर्वानुमान गरेको भन्दै सम्भावित विपद् व्यवस्थापनका लागि उद्धार कार्यमा आवश्यक तयारी थालिएको उल्लेख गरिएको छ ।
यसका लागि जिल्ला प्रहरी परिसर, ललितपुरसँगको समन्वयमा संघले उद्धार टोली तयार गरी खटिने तयारी गरेको जनाएको छ । संघले उद्धार कार्यमा सहयोग गर्न तयार संस्थाहरू, सदस्यहरू तथा सरोकारवालाहरूलाई सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
आवश्यक उद्धार कार्यका लागि निम्न व्यक्तिहरूलाई सम्पर्क गर्न सकिने छ:
-
फुरु ग्याल्जेन शेर्पा (अध्यक्ष) – ९८१०१२९८६१
-
ईश्वर पौडेल (वरिष्ठ उपाध्यक्ष) – ९८५१०२२२३५
-
बोझराज भण्डारी (द्वितीय उपाध्यक्ष) – ९८५११६०६०१
-
राजेन्द्र बहादुर लामा (महासचिव) – ९८५१०२७३९७
-
पासाङ काजी शेर्पा – ९८४१५६३८१९
संघले विपद् व्यवस्थापनका क्रममा नेपाल पर्यटन बोर्ड, नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघलगायत सम्बन्धित निकायहरूसँग पनि सहकार्य गर्ने जनाएको छ ।
पछिल्लो अध्यावधिक: असोज १८, २०८२ १४:३२
