काठमाडौँ । नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री महेश बस्नेत एक महिलाले दिएको उजुरीका विषयमा बयान दिन प्रहरीको साइबर ब्युरोमा उपस्थित भएका छन् । उजुरीमाथि अनुसन्धानका लागि बोलाइएपछि बस्नेत बुधबार ब्युरोमा उपस्थित भएर आफ्नो बयान दिएको ब्युरोले जनाएको हो ।
साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीले बस्नेत बयानका लागि उपस्थित भएको पुष्टि गर्दै भने, “एक महिलाले दिएको निवेदनका आधारमा सोधपुछका लागि उहाँ उपस्थित हुनुभएको हो । हामीले उहाँको बयान लिएका छौँ ।”
प्रहरीले उजुरीकर्ता महिलाको पहिचान र उजुरीको विषयवस्तुबारे भने खुलाएको छैन ।
पछिल्लो अध्यावधिक: असोज २२, २०८२ १३:४
