काठमाडौं । जगदम्बा मोटर्स प्रालि अन्तर्गत रहेको ईभी ब्रान्ड प्रोटन इमासले बुटवलमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले नयाँ शोरुम उद्घाटन गर्दै १५ वटा प्रोटन इमास ईभी ग्राहकलाई हस्तान्तरण गरेको हो ।
जसमा दशैँअघि १० युनिट र हाल थप ५ युनिट वितरण गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार शोरुम उद्घाटन कार्यक्रममा स्थानीय प्रतिष्ठित व्यक्तिहरू र समुदायका प्रतिनिधिहरू उपस्थित थिए । शोरुमको उद्घाटन मुख्य अतिथि बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले गरेका थिए ।
नयाँ थ्रीएस शोरुम मार्फत ग्राहकले विश्व स्तरीय सेवा, बिक्री पश्चात्को सेवा र ग्राहक सेवा पाउने छन् । यस शोरुमको व्यवस्थापन बलाजी ई अटोमोबाइल्सले गर्नेछ । शोरुम उद्घाटन समारोहमा बोल्दै जगदम्बा मोटर्सका वरिष्ठ उपाध्यक्ष राजु भेटवालले बुटवलमा सञ्चालनमा आएको शोरुम प्रोटन इमासको नेपालका हरेक परिवारलाई उन्नत, भरपर्दो र स्टाइलिश विद्युतीय सवारीसाधन पहुँचयोग्य बनाउन कम्पनीले गरेको प्रतिबद्धताको थप एक कदम भएको बताए ।
पछिल्लो अध्यावधिक: असोज २८, २०८२ १७:५३
