close

युट्युबमा नयाँ भिडिओ प्लेयर, सफा र इमर्सिभ अनुभवसहितका फिचर रोलआउट हुँदै

टेकपाना टेकपाना

असोज २९, २०८२ १२:२६

युट्युबमा नयाँ भिडिओ प्लेयर, सफा र इमर्सिभ अनुभवसहितका फिचर रोलआउट हुँदै

काठमाडौँ । युट्युबले आफ्नो प्लेटफर्ममा प्रयोगकर्ता अनुभवलाई थप आकर्षक र सहज बनाउनको लागि थुप्रै नयाँ फिचर र भिजुअल अपडेटहरू ल्याएको छ । कम्पनीका अनुसार युट्युब क्रियटर र भिडिओहरू थप जीवन्त र गतिशील महसुस होस् भन्ने उद्देश्यले इन्टरफेसको स्वरूपमा परिवर्तन गरिएको हो ।

१३ अक्टोबरदेखि यी अपडेटहरू विश्वव्यापी रूपमा रोल आउट गर्न थालिएको हो । युट्युबले सामग्री हेर्ने तरिकालाई परिष्कृत गर्न समग्र भिजुअल अनुभवलाई ताजा बनाएको छ ।

युट्युबले मोबाइल, वेब र टिभी डिभाइसहरूमा सफा (cleaner) र थप इमर्सिभ (immersive) भिडिओ प्लेयर ल्याएको छ । यसमा अपडेटेड कन्ट्रोलहरू र नयाँ आइकन समावेश छन् । यस परिवर्तनको उद्देश्य हेर्ने अनुभवलाई दृश्यात्मक रूपमा थप सन्तोषजनक बनाउनु र सामग्री छोपिने वा ढाकिने अवस्थालाई कम गर्नु हो ।

मोबाइल डिभाइसमा ट्याबहरू बीच स्वीच गर्दा सुधारिएको मोसन डिजाइनको साथ सिमलेस अनुभव हुनेछ । युट्युबले इङ्गेजमेन्ट (प्रयोगकर्ताको संलग्नता बढाउने) सुविधाहरूलाई पनि सुधार गर्दैछ । जसले अन्तरक्रियालाई सहज र थप अभिव्यक्त बनाउनेछ ।

‘सीक’ (Seek) फिचर अन्तर्गत पर्ने डबल-ट्याप स्किप सुविधालाई अझ आधुनिक र भिडिओ हेर्ने अनुभवमा सहज बनाउने गरी अपडेट गरिएको छ ।

केही निश्चित भिडिओहरूमा लाइक बटनको एनिमेसनले तपाईँले हेरिरहेको सामग्रीको आधारमा कस्टम, गतिशील भिजुअल इफेक्ट देखिनेछ । उदाहरणका लागि म्युजिक भिडिओ लाइक गर्दा एनिमेटेड सङ्गीत नोट देखिनेछ र खेलकुद भिडिओहरूमा खेलको भिजुअल सङ्केत समावेश हुनेछ ।

कमेन्टमा हुने कुराकानीलाई सजिलो बनाउन युट्युबले कमेन्ट रिप्लाइहरूको लागि व्यवस्थित प्रणाली (structured system) ल्याउँदैछ । यो थ्रेडिङ प्रणाली रिप्लाई प्यानलभित्र थप केन्द्रित भएर पढ्ने अनुभव प्रदान गर्नेगरी डिजाइन गरिएको छ ।

भिडिओहरूलाई वाच लेटर (Watch Later) सूचीमा वा प्ले लिस्टमा सेभ गर्ने प्रक्रियालाई सहज र थप भिजुअल बनाइएको छ । यस ताजा डिजाइनले भिडिओ सेभ गर्ने प्रक्रियालाई सरल बनाउनेछ ।

 

पछिल्लो अध्यावधिक: असोज २९, २०८२ १२:२६