close

तिहार बिदामा घरमै बसेर लाइभ हेर्नुहोस् नेपालका यी २० भन्दा बढी ठाउँका दृश्य

टेकपाना टेकपाना

कात्तिक १, २०८२ १८:८

तिहार बिदामा घरमै बसेर लाइभ हेर्नुहोस् नेपालका यी २० भन्दा बढी ठाउँका दृश्य

काठमाडौँ । दशैं-तिहारमा पारिवारिक माहोललाई बिट मार्दै नयाँ नयाँ ठाउँ घुम्ने प्रचलन पछिल्लो समय बढेको छ । खासगरी साथीभाइ र आफन्तसँग ट्रेकिङ, हाइकिङ, जङ्गल सफारी लगायत अन्य साहसिक पदयात्रा गर्ने गरिन्छ । 

तपाईंहरूमध्ये कैयौं पदयात्राका लागि यात्रामा निस्किसक्नु भएको होला । कोही विशेष कारणले जान नपाउनु भएको होला । अथवा जाने योजना बनाउनु भएको छ भने मौसम र त्यहाँको अन्य जानकारी नपाउनु भएको हुनसक्छ । 

वेबक्याम नेपाल’ नामक युट्युब च्यानलले नेपालका विभिन्न स्थानमा क्यामेरा राखेर लाइभ प्रसारण गर्दै आएको छ । घुम्न जाने योजना छ र त्यहाँको मौसम वा स्थानको जानकारी लिनुपर्‍यो भने तिनै भिडिओलाई आधार बनाउन सक्नुहुन्छ । त्यस्तै घुम्न जान नपाउने अवस्था छ भने लाइभ भिडिओ हेरेर आनन्द लिन पनि सकिन्छ ।

यस च्यानलमा दुई वर्षभन्दा लामो समयदेखि एकसाथ २० भन्दा बढी भिडिओ लाइभ छन् । यस युट्युब च्यानलका सञ्चालक मनि गुरुङ हुन्, जो अहिले बेलायतमा बस्छन् । ४२ हजार ७०० बढी सब्स्क्राइबर भएको यो च्यानल सन् २०१८ बाट सञ्चालनमा आएको हो । 

त्यस बखत यस च्यानलमा ७२ सालको भूकम्पमा भत्किएको धरहराको पुनः निर्माणको उद्घाटन कार्यक्रममा खिचिएका भिडिओ अपलोड गरिएका थिए । हालसम्म यस च्यानलमा १२६ बढी भिडिओ अपलोड भएका छन् । 

हेर्नुहोस् लाइभ:

१) समुन्द्र सहतदेखि ३८८० मिटरमाथि रहेको होटेल एभरेस्ट भ्युको लाइभ

२) होटेल एभरेस्ट भ्युकै अर्को दृश्य

३) रिफ्युजी मिरा लज

४) लामा लज, कोटे (मिरा पिक-३५५० मिटर)

५) अन्नपुर्ण बेस क्याम्प

६) ओएमएस होम, जोमसोम नेपाल

७) हलेसी खोटाङ

८) होटेल एभरेस्ट भ्युको पानारोमिक भ्यु

९) कालोपानी गेस्ट हाउस, मुस्ताङ

१०) होटल मिलन एन्ड रेस्टुरेन्ट

११) होटल मिलन एन्ड रेस्टुरेन्टको अर्को दृश्य

१२) सुन्धारा काठमाडौँ

१३) स्वयम्भूनाथ काठमाडौँ

१४) द एडलवाइस फेरीज – नेपाल – ४३७१ मिटर

१५) लोबुचे नेपाल

१६) लुक्ला विमानस्थल

१७) होटल डे पुराङ – मुस्ताङ, नेपाल

१८) होटेल एभरेस्ट भ्यु

१९) होटल ताशी देलेक – डिङबोचे – नेपाल – ४३६० मिटर

२०) होटेल एभरेस्ट भ्यु-हेलिप्याड (३८८० मिटर)

२१) होटेल एभरेस्ट भ्यु

२२) होटल नोरलिङ – नाम्चे बजार – नेपाल

होटेलबाट भएका लाइभमा त्यहाँको सम्पर्क नम्बर पनि उपलब्ध गराइएको हुन्छ । थप जानकारी लिन परेमा त्यहीं भएको नम्बरमा सम्पर्क गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: कात्तिक १, २०८२ १८:१२